सिटी होटलले आम्दानी ४.७% ले बढेपछि घटायो ऋण, पहिलो त्रैमासको वित्तीय विवरण यस्तो
Read the full story at Bizmandu

काठमाडौं। नेपालको पहिलो हायात सेन्ट्रिक ब्राण्डको होटल सञ्चालक सिटी होटल लिमिटेडको वित्तीय अवस्थामा सुधार देखिएको छ। कम्पनीको कुल आम्दानी ४.७ प्रतिशतले बढेको छ भने खुद नोक्सानी २८ प्रतिशतले घटेको छ। चालु वर्षको पहिलो त्रैमासमा होटलले १२ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ। पोहोर सोही अवधिमा होटलको कुल आम्दानी ११ करोड ५५ लाख रुपैयाँ थियो।
शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको खुद नोक्सानी ४ करोड ३ लाख रुपैयाँ छ। गत आर्थिक वर्षको सोही अवधिमा नोक्सानी ५ करोड ५७ लाख रुपैयाँ थियो। होटलको सञ्चालन नाफा ५३ प्रतिशतले बढेको छ। पोहोर पहिलो तीन महिनामा होटलको सञ्चालन नाफा २ करोड ४३ लाख रुपैयाँ रहेकामा यसपालि बढेर ३ करोड ७२ लाख रुपैयाँ पुगेको छ। होटलले दीर्घकालीन कर्जा २ अर्ब ४८ करोड र अल्पकालीन कर्जा ३ करोड ५७ लाख रुपैयाँमा झारेको छ।
पोहोर पहिलो त्रैमासमा होटलको दीर्घकालीन कर्जा ३ अर्ब २० करोड र अल्पकालीन कर्जा १४ करोड १७ लाख रुपैयाँ थियो। होटलको प्रति सेयर आम्दानी १.३३ रुपैयाँ ऋणात्मक छ। The post सिटी होटलले आम्दानी ४.७% ले बढेपछि घटायो ऋण, पहिलो त्रैमासको वित्तीय विवरण यस्तो appeared first on BIZMANDU .
More business
- साविक विजेता लुम्बिनी प्लेअफमा, कर्णालीलाई कठिनNepal Khabar
- कर्णालीले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्यNepal Khabar
- राशिफल २७ कात्तिक : कर्कटको प्रेममा मधुरता छाउने, वृश्चिकको रोकिएका काम सुचारु हुने, तपाईँको दिन कस्तो?Nepal Khabar
- कारको ठक्करबाट पैदलयात्रीको मृ’त्यु, दुई जना घाइतेNagarik News
- युएईमा ट्रकले धेरै गाडीलाई ठक्कर दियो, १४ जनाले ज्यान गुमाएDC Nepal
- ‘कौन बनेगा करोडपति’ को सेटमा फर्किए अमिताभ बच्चनRatopati