Skip to main content
अर्थतन्त्रNepal Khabar

कर्णालीले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्य

Read the full story at Nepal Khabar

कर्णालीले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्य

लुम्बिनीका बलर हाबी भएको इनिङ्समा कर्णालीका शीर्षक्रमका ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्। कर्णालीका लागि कुनै पनि खेलाडीले लामो साझेदारी गर्न नसक्दा र ब्याटरले अनावश्यक सट खेल्न खोज्दा सस्तैमा समेटिएको हो। कर्णालीले ४.३ ओभरमा १५ रन बनाउँदा चार विकेट गुमाइसकेको थियो। ओपनर दिपेन्द्र रावत शून्यमा बोल्ड हुँदा अरिफुल इस्लाम र दिपक डुम्रे समान चार रनमा आउट भए।

कप्तान डेविड मुलर पाँच रनमै क्याच आउट भए। मध्यक्रमका ब्याटरले केही समय क्रिजमा टिक्दै इनिङ्स सम्हाल्ने प्रयास गरे पनि सफल हुन सकेनन्। सोमपाल कामी २८ र हुसैन तलातले २४ रन बनाए। पवन सर्राफले १२ रन बनाउँदा मार्क वाट दुई रनमै पेभेलियन फर्के।

लुम्बिनीका लागि अविशेष गौतम, किशोर महतो, डार्सी सर्ट र रोहित पौडेलले समान दुई विकेट लिए। रुवेन ट्रम्पलम्यान र शेर मल्लले समान एक विकेट आफ्नो नाममा गरे।