आजदेखि धरानमा महिला अन्तर्राष्ट्रिय गोल्डकप
Read the full story at Ratopati

सुनसरी । डी-१९ क्लब धरान उपमहानगरपालिका-१९ को आयोजनामा हुने ‘प्रथम धरान महिला अन्तर्राष्ट्रिय गोल्डकप-२०८३’ धरान रङ्गशालामा आज साँझ ६:०० बजेदेखि रात्रिकालीन रूपमा सञ्चालन हुँदैछ । धरानमा पहिलो पटक आयोजना हुन लागेको रात्रिकालीन महिला अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफ क्लब र भारतको आक्वा फुटबल क्लब राँचीबिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा भारतसहित आठ टोली सहभागी छन् । जसमा एपिएफ क्लब, नेपाली आर्मी, नेपाल पुलिस क्लब, बागमती फुटबल क्लब, उदयपुर फुटबल क्लब, भारतको आक्वा फुटबल क्लब राँची झारखण्ड, काँकडभिट्टा महिला फुटबल क्लब र आयोजक स्वर्णिम फुटबल क्लब धरान रहेको क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईले जानकारी दिए । उनका अनुासर प्रतियोगिताका सबै खेल रात्रिकालीन रूपमा सञ्चालन गर्न धरान रङ्गशालामा अस्थायी फ्लडलाइट जडान गरिएको छ ।
प्रतियोगिताको विजेताले रु पाँच लाखसहित ट्रफी र उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु १० हजार प्रदान गरिनेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई विद्युतीय स्कुटर प्रदान गरिनेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही रु १५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
More sports
- चीन जाने रास्वपा टोलीले गर्यो सभापति रविसँग छलफलNepal Khabar
- दलाई लामाको निर्वासित संसद् टोली नेपाल आउँदै, बौद्धमा देखियो विवादNepal Khabar
- India beat Bhutan 2-1 to enter SAFF Championship finalThe Hindu
- लुम्बिनीले टस जित्यो, ब्याटिङमा विराटनगर, दुबै टोलीको प्लेइङ ११ मा परिवर्तनBizmandu
- Sooryavanshi becomes youngest captain in men's T20 cricket historyThe Hindu
- भारत ‘ए’ सँग नेपाल यू–१९ महिला टोली १२५ रनले पराजितRatopati