Skip to main content
खेलकुदRatopati

भारत ‘ए’ सँग नेपाल यू–१९ महिला टोली १२५ रनले पराजित

Read the full story at Ratopati

भारत ‘ए’ सँग नेपाल यू–१९ महिला टोली १२५ रनले पराजित

काठमाडौँ । भारत ‘ए’ महिला टोलीसँगको खेलमा नेपाली यू–१९ महिला क्रिकेट टोली १२५ रनको फराकिलो अन्तरले पराजित भएको छ । भारत ‘ए’ले दिएको २०६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८० रन मात्रै बनाउन सक्यो । नेपालका लागि सबित्री धामीले सर्वाधिक १९ रन बनाइन् । उनले १८ बलमा उक्त रन बनाएकी हुन् । त्यसैगरी त्रिसना विश्वकर्माले २५ बलमा १८ रन जोडिन् ।

रचना चौधरीले २३ बलमा ९ रन बनाइन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा भारत ‘ए’ की मैत्री मनियारले उत्कृष्ट बलिङ गरिन् । उनले ३ ओभरमा ७ रन खर्चेर ४ विकेट लिइन् । महक नरवासेले ३ ओभरमा १२ रन दिँदै १ विकेट तथा नन्धना श्रीधरनले ४ ओभरमा १७ रन खर्चेर १ विकेट हात पारिन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारत ‘ए’ले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०५ रन बनाएको थियो । भारत ‘ए’ का लागि भविका अहिरेले सर्वाधिक ४८ रन बनाइन् ।

उनले २९ बलमा उक्त रन जोड्ने क्रममा नेपालको बलिङ आक्रमणमाथि दबाब सिर्जना गरिन् । त्यस्तै तानिष्का शर्माले १७ बलमा ३६ रन बनाउँदा निधि महतोले १७ बलमा अविजित ३५ रन जोडिन् । नेपालका लागि टिका शाहले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिइन् । रचना चौधरीले ४ ओभरमा ३५ रन दिँदै १ विकेट तथा आशिका महराले ४ ओभरमा ५२ रन खर्चेर १ विकेट हात पारिन् ।

In English

Nepal U-19 women's team defeated by India 'A' by 125 runs

The Nepali U-19 women's cricket team has been defeated by the India 'A' women's team by a wide margin of 125 runs. Chasing the target of 206 runs set by India 'A', Nepal could only score 80 runs for the loss of 9 wickets in the allotted 20 overs. For Nepal, Sabitri Dhami scored the highest with 19 runs, Trisna Bishwakarma scored 18 runs, and Rachana Chaudhary scored 9 runs. Maitry Maniyar of India 'A' bowled excellently, taking 4 wickets. Earlier, batting first, India 'A' had scored 205 runs for the loss of 4 wickets in 20 overs. Bhavika Ahire scored 48, Tanishka Sharma scored 36, and Nidhi Mahto remained unbeaten on 35 runs. For Nepal, Tika Shah took 2 wickets, while Rachana Chaudhary and Ashika Maharjan took 1 wicket each. India 'A' defeated Nepal by delivering an impressive performance in both batting and bowling.

Machine translation — the original above is the story as filed.