Skip to main content
खेलकुदNepal Khabar

चीन जाने रास्वपा टोलीले गर्यो सभापति रविसँग छलफल

Read the full story at Nepal Khabar

चीन जाने रास्वपा टोलीले गर्यो सभापति रविसँग छलफल

चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डलले शनिबार बिहान पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा रास्वपाका महामन्त्री विपिन आचार्यको नेतृत्वमा २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल कात्तिक २९ गते आइतबार चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

भ्रमणमा जानुअघि प्रतिनिधिमण्डलका सदस्यहरूले बुढानीलकण्ठस्थित सभापति लामिछानेको निवासमा पुगेर आवश्यक सरसल्लाह र छलफल गरेका हुन्। रास्वपाले आफ्नो टोलीको चीन भ्रमणलाई उच्च प्राथमिकतामा राखेको छ र सोही सन्दर्भमा सभापतिसँगको भेटलाई महत्वपूर्ण मानिएको छ।

In English

RSP team heading to China holds discussion with Chairman Rabi

A delegation from the Rastriya Swatantra Party (RSP) preparing to visit China held a meeting with party Chairman Rabi Lamichhane on Saturday morning. At the invitation of the Communist Party of China (CPC), a 20-member high-level delegation led by RSP General Secretary Bipin Acharya is scheduled to depart for China on Sunday, Kartik 29. Before embarking on the visit, the members of the delegation reached Chairman Lamichhane's residence in Budhanilkantha to seek necessary advice and hold discussions. The RSP has placed high priority on its team's visit to China, and the meeting with the Chairman in this context is considered significant.

Machine translation — the original above is the story as filed.