दसौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिममा प्रदेशस्तरीय खेलाडी छनोट सुरु
Read the full story at Ratopati

कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशमा प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ। प्रदेश खेलकुद परिषद्को आयोजनामा शुक्रबार धनगढीमा आयोजित समारोहमा मुख्यमन्त्री खगराज भट्टले प्रतियोगिताको उद्घाटन गरेका हुन्। आगामी मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमबाट ३० वटा खेलमा सहभागिता रहनेछ।
छनोट खेलहरू कैलाली, कञ्चनपुर र डडेल्धुरामा विभाजन गरी सञ्चालन भइरहेका छन्। नौवटै जिल्लाबाट छनोट भई आएका २ हजार ४ सय ६४ खेलाडीहरू यस प्रतिस्पर्धामा सहभागी छन्। परिषद्का सदस्यसचिव लोकबहादुर खड्का ‘रवि’ का अनुसार खेलाडी, प्रशिक्षक र अफिसियल गरी ७ सय ४४ जनाको प्रत्यक्ष सहभागिता रहेको छ।
उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई राष्ट्रिय टोलीमा समावेश गरिनेछ। मुख्यमन्त्री भट्टले खेलकुदले प्रदेशको पहिचान र प्रतिभा उजागर गर्ने बताउँदै खेलाडीहरूलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
In English
Provincial-Level Player Selection Begins in Far West for the 10th National Games
Provincial-level player selection competitions have begun in the Far West Province, targeting the 10th National Games to be held in Surkhet, Karnali Province. Chief Minister Khagaraj Bhatt inaugurated the competition at a ceremony held in Dhangadhi on Friday, organized by the Provincial Sports Council. The Far West Province will participate in 30 sports for the National Games, which will be held from Mangsir 16 to 27. The selection matches are being conducted in divisions across Kailali, Kanchanpur, and Dadeldhura. A total of 2,464 players selected from all nine districts are participating in this competition. According to Lok Bahadur Khadka 'Ravi', the Member-Secretary of the Council, there is direct participation of 744 individuals, including players, coaches, and officials. Players who perform excellently will be included in the national team. Chief Minister Bhatt stated that sports reveal the identity and talent of the province and mentioned that the government is committed to encouraging the players.
Machine translation — the original above is the story as filed.
More sports
- चीन जाने रास्वपा टोलीले गर्यो सभापति रविसँग छलफलNepal Khabar
- Warner accuses Cricket Australia of 'cover-up' over 'Sandpapergate'The Hindu
- Pacers hold off Knicks in NBA Cup thriller, Spurs rout WarriorsAl Jazeera
- चीन भ्रमणमा थाल्नुअघि रास्वपा सांसदको टोली सभापति लामिछानेसँग छलफलमाBizmandu
- How a reunion with scout Bompastor solved Chelsea's striker issueBBC
- Goalkeeper Owono handed 12-match ban after De Miguel deathAl Jazeera