चीन भ्रमणमा थाल्नुअघि रास्वपा सांसदको टोली सभापति लामिछानेसँग छलफलमा
Read the full story at Bizmandu

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग चीनको भ्रमणमा जान लागेका पार्टीका सांसदहरूले छलफल गरेका छन्। पार्टीका २० जनाको टोली चीनका लागि प्रस्थान गर्नु अघिल्लो दिन पार्टी सभापतिसँग छलफलमा बसेको हो।
सभापतिको निवासमा भएको छलफलमा रास्वपाका महामन्त्री विपिनकुमार आचार्य, मुख्य सचेतक कविन्द्र बुर्लाकोटी लगायत नेता तथा सांसद सहभागी भए। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा रास्वपाका महामन्त्री आचार्यको नेतृत्वमा पार्टीको प्रतिनिधिमण्डल आइतबारदेखि चीनको भ्रमणमा जाँदैछ। यसअघि प्रधानमन्त्री वालेन्द्र शाहसँग शुक्रबार भ्रमण टोलीका सांसदहरूले छलफल गरेका थिए।
शाहले सांसदहरूलाई नेपाल-चीन सम्बन्धलाई प्रगाढ बढाउने विषयमा निर्देशन दिएका थिए। भ्रमणका क्रममा आपसी अनुभव आदानप्रदानका साथै सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायत बहुआयामिक पक्षहरूमा छलफल हुने रास्वपाले जनाएको छ। उच्चस्तरीय भ्रमणलाई रास्वपा र सीपीसीले नेपाल र चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्यलाई थप सुदृढ र विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको रास्वपाका प्रवक्ता जगदीश खरेलले बताए।
More sports
- चीन जाने रास्वपा टोलीले गर्यो सभापति रविसँग छलफलNepal Khabar
- Warner accuses Cricket Australia of 'cover-up' over 'Sandpapergate'The Hindu
- दसौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिममा प्रदेशस्तरीय खेलाडी छनोट सुरुRatopati
- Pacers hold off Knicks in NBA Cup thriller, Spurs rout WarriorsAl Jazeera
- How a reunion with scout Bompastor solved Chelsea's striker issueBBC
- Goalkeeper Owono handed 12-match ban after De Miguel deathAl Jazeera