लुम्बिनीले टस जित्यो, ब्याटिङमा विराटनगर, दुबै टोलीको प्लेइङ ११ मा परिवर्तन
Read the full story at Bizmandu

काठमाडौं। विराटनगर किंग्सले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले टस जितेर विराटनगरलाई पहिला ब्याटिङको निम्ता दिएको हो।
कीर्तिपुरस्थित टीयू मैदानमा विराटनगर प्लेअफ पुग्न सम्भावना जीवित राख्न जित्नै पर्ने दवाबका साथ मैदान उत्रँदैछ। लुम्बिनी प्लेअफ त पुगिसकेको छ, अब उसको नजर शीर्ष दुईमा रहँदै क्वालिफायरमा पुग्नेछ। आज विराटनगरमा एन्जेलो म्याथ्युज र प्रतिश जिसी बाहिरिँदा शुभम रञ्जनी र सुजन थपलिया आएका छन्।
लुम्बिनीमा समीम हुसैनको स्थानमा अलि शेखले प्लेइङ ११ मा स्थान बनाएका छन्। लुम्बिनीको प्लेइङ ११ रोहितकुमार पौडेल, सन्दीप जोरा, आशिफ शेख, शेर मल्ल, अभिशेष गौतम, दीलिप नाथ, किशोर महतो, रुबेन ट्रम्पलमेन, निरोशन डिक्वेला, डार्सी सर्ट, अली शेख विराटनगरको प्लेइङ ११ सन्दीप लामिछाने, लोकेश बम, बसीर अहमद, रुपेश सिंह, अपराजित पौडेल, इमरान शेख, सुजन थपलिया, शेहान जयसूर्या, शुभम रञ्जनी, चरिथ असलंका, इसुरु उडाना The post लुम्बिनीले टस जित्यो, ब्याटिङमा विराटनगर, दुबै टोलीको प्लेइङ ११ मा परिवर्तन appeared first on BIZMANDU .
More sports
- चीन जाने रास्वपा टोलीले गर्यो सभापति रविसँग छलफलNepal Khabar
- दलाई लामाको निर्वासित संसद् टोली नेपाल आउँदै, बौद्धमा देखियो विवादNepal Khabar
- India beat Bhutan 2-1 to enter SAFF Championship finalThe Hindu
- आजदेखि धरानमा महिला अन्तर्राष्ट्रिय गोल्डकपRatopati
- Sooryavanshi becomes youngest captain in men's T20 cricket historyThe Hindu
- भारत ‘ए’ सँग नेपाल यू–१९ महिला टोली १२५ रनले पराजितRatopati