खेलकुदSetopati
चीनलाई हराउँदै नेपाल यु–१९ महिला टोलीको लगातार चौथो जित
Read the full story at Setopati

चीनमा जारी यु–१९ ‘बेल्ट एन्ड रोड सिरिज’मा नेपाली युवा महिला क्रिकेट टोलीले लगातार चौथो जित निकालेको छ। आज भएको खेलमा नेपालले आयोजक चीनलाई ८४ रनले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४१ रन बनाएको थियो।
नेपालका लागि टीका शाहले ३५ बलमा अविजित ४३ रन बनाइन्। कप्तान सोनी पाख्रिनले ३१, सावित्री धामीले २४ र साना प्रवीनले १३ रनको योगदान दिइन्। नेपालका रचना चौधरी र टीका शाहले तीन–तीन विकेट लिए।
ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेकी टीका ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। प्रतियोगितामा नेपालसहित आयोजक चीन, हङकङ र थाइल्याण्ड सहभागी छन्। नेपालले आगामी वर्ष घरेलु मैदानमा आयोजना हुने आइसिसी यु–१९ महिला विश्वकपको तयारीस्वरूप चीनमा शृङ्खला खेलिरहेको हो।
More sports
- कालीमाटीमा डल्ले च्याउको मूल्य किलोको ३२०, लोकल गोलभेँडाको २५ मात्रैNepal Khabar
- बंगलादेशी क्रिकेटर शकिब अल हसनले एनपीएलका बाँकी खेल नखेल्नेNepal Khabar
- How Delhi spinner’s ‘6-7’ celebration travelled to English county cricketKathmandu Post
- धनकुटामा राति १० बजेपछि देउसी–भैलो खेल्न रोकOnlinekhabar (Nepali)
- पदक वितरण विवादले गयो गण्डकीका खेलकुद सदस्य सचिवको पदOnlinekhabar (Nepali)
- ६ वर्षदेखि अलपत्र गोलबजार–लगडी गदियानी सडकमा कालोपत्रे थालियोOnlinekhabar (Nepali)