६ वर्षदेखि अलपत्र गोलबजार–लगडी गदियानी सडकमा कालोपत्रे थालियो
Read the full story at Onlinekhabar (Nepali)

हुलाकी निर्देशनालय कार्यालय जनकपुरले २०७७ भदौ २४ गते ३० महिनाभित्र अर्थात् २०७९ फागुन २३ सम्म निर्माण सम्पन्न गर्ने गरी ९१ करोड ३९ लाख ७९ हजार ६० रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । तर, निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेपछि निर्देशनालयले पहिलो पटक २०८० फागुन २२ र दोस्रो पटक २०८१ फागुन २२ सम्म एक–एक वर्षका दरले म्याद थप गरेको थियो । दुई पटक म्याद थप गर्दा पनि काम सम्पन्न नभएपछि तेस्रो पटक असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरिएको छ । त्यसपछि निर्माण कम्पनीले सडक कालोपत्रेको काम सुरु गरेको हो ।
निर्माण कम्पनीका साइट इन्चार्ज बेचन साहले राजनीतिक, जनप्रतिनिधि तथा सर्वसाधारणबाट निर्माण कार्यमा अवरोध नभए निर्धारित म्यादभित्रै काम सम्पन्न गर्ने लक्ष्य रहेको बताए । ‘वर्षौंदेखि नागरिकले धैर्य गर्दै आएका छन् । अब धेरै समय कुर्नुपर्ने छैन । केही महिनाभित्रै, असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने हाम्रो लक्ष्य छ ।
साहका अनुसार छठपर्वसम्म चार किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्ने र छठपछि बाँकी कामलाई निरन्तरता दिइनेछ,’ उनले भने । हुलाकी निर्देशनालय कार्यालय जनकपुरका सबइन्जिनियर नारेन्द्र यादवका अनुसार निर्माण कम्पनीलाई यसअघि दुई पटक म्याद थप गरिएको छ ।
More sports
- कालीमाटीमा डल्ले च्याउको मूल्य किलोको ३२०, लोकल गोलभेँडाको २५ मात्रैNepal Khabar
- बंगलादेशी क्रिकेटर शकिब अल हसनले एनपीएलका बाँकी खेल नखेल्नेNepal Khabar
- How Delhi spinner’s ‘6-7’ celebration travelled to English county cricketKathmandu Post
- पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोलNagarik News
- Non-league's greatest giant-killers eye another scalpBBC
- १०औं राष्ट्रिय खेलकुदको तयारीबारे मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमनOnlinekhabar (Nepali)