१०औं राष्ट्रिय खेलकुदको तयारीबारे मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमन
Read the full story at Onlinekhabar (Nepali)

२१ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीबारे महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सुर्खेतस्थित रङ्गशालाको अनुगमन तथा निरीक्षण गरेकी छन् ।
अनुगमनका क्रममा मन्त्री बादीले खेल मैदान, प्याराफिटलगायत निर्माणाधीन पूर्वाधार तथा प्रतियोगिताको व्यवस्थापकीय तयारीबारे सरोकारवालासँग जानकारी लिएकी छन् । उनले प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन खेलाडीका लागि आवश्यक आवास, खेलस्थलको व्यवस्थापन तथा अन्य सेवा–सुविधाको अवस्थाबारे चासो व्यक्त गरेकी थिइन् ।
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिताले नयाँ खेल प्रतिभाको पहिचान, खेल क्षेत्रको विकास र राष्ट्रिय एकता प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै मन्त्री बादीले प्रतियोगिताको सफलताका लागि शुभकामना पनि दिइन् । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको राष्ट्रियस्तरको यस प्रतियोगिताले प्रदेशको खेल पर्यटन, पूर्वाधार विकास र राष्ट्रिय पहिचान प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
More sports
- How Delhi spinner’s ‘6-7’ celebration travelled to English county cricketKathmandu Post
- कालीमाटीमा डल्ले च्याउको मूल्य किलोको ३२०, लोकल गोलभेँडाको २५ मात्रैNepal Khabar
- गोल्ड कोस्टको समुद्री सौन्दर्यदेखि ग्रेट ओसियन रोडको अद्भुत दृश्यसम्मSetopati
- Non-league's greatest giant-killers eye another scalpBBC
- 'हाम्रो प्रदर्शन राम्रो छैन, पोखराको खेलमा दर्शक घट्नु स्वाभाविक हो' : अर्जुन कुमालSetopati
- Carlos Alcaraz saves match points to reach Paris Masters semifinalsAl Jazeera