Skip to main content
खेलकुदSetopati

गोल्ड कोस्टको समुद्री सौन्दर्यदेखि ग्रेट ओसियन रोडको अद्भुत दृश्यसम्म

Read the full story at Setopati

गोल्ड कोस्टको समुद्री सौन्दर्यदेखि ग्रेट ओसियन रोडको अद्भुत दृश्यसम्म

यात्राको चौथो दिन हाम्रो पूर्वनिर्धारित तालिका अनुसार क्विन्सल्याण्ड राज्यको प्रसिद्ध गोल्ड कोस्ट प्रस्थान गर्ने कार्यक्रम थियो। हामी भर्जिन अस्ट्रेलिया एयरलाइन्सको बिहान ९:२० बजेको उडानबाट सिड्नीबाट उडेर बिहान १०:३० बजे नै गोल्ड कोस्ट विमानस्थलमा सकुशल पुग्यौं। होटलमा पुगेर सामान्य चेक-इन प्रक्रिया पूरा गरी लगेजहरू कोठामा राखेर हामी लन्च खानका लागि नजिकैको एउटा रेस्टुरेन्टतिर लाग्यौं। त्यहाँ हामीले भारतीय स्वाद र मसलायुक्त मिठा खानाहरू खायौँ।

यहाँको प्राकृतिक सौन्दर्य वर्णन गरिसाध्य छैन— एकातिर विशाल निलो समुद्रको छाल हान्ने पानी, किनारमा लहरै मिलेका हरिया रूखहरू, ठाउँ-ठाउँमा आरामसँग बस्न मिल्ने सफा बेन्चहरू र मानिसहरूलाई बिहान-बेलुका हिँड्नका लागि छुट्टै ट्र्याक बनाइएको रहेछ। त्यहाँ हिँड्ने मानिसहरूको सुविधाका लागि करिब हरेक २०० मिटरको दूरीमा अत्याधुनिक सफा र निःशुल्क शौचालयहरूको उत्कृष्ट व्यवस्था गरिएको मैले देखेँ। त्यस्तै, पदमार्गको छेउ-छेउमा पिउने पानीका धाराहरू पनि जडान गरिएका थियो, जसले गर्दा हिँड्दा-हिँड्दै प्यास लागेमा जो कोहीले पनि सहजै पानी पिउन सक्दछन्। हाम्रो बस्ने होटल पनि गोल्ड कोस्टको अति प्रख्यात ठाउँ 'प्याराडाइज सर्फर' मा पर्दथ्यो।

हामी बिहान सबेरै उठेर तयारी भएर मुभी वर्ल्डतर्फ लाग्यौं। यो मनोरञ्जन पार्कमा विभिन्न प्रकारका आकर्षक लाइभ शोहरू हुने रहेछन्।