'हाम्रो प्रदर्शन राम्रो छैन, पोखराको खेलमा दर्शक घट्नु स्वाभाविक हो' : अर्जुन कुमाल
Read the full story at Setopati
-1794033290.png&w=1920&q=70)
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सको खराब प्रदर्शन जारी छ। लगातार चार खेलमा पराजित भएपछि टोलीको प्लेअफ सम्भावना पनि कमजोर बनेको छ। तर पोखराका युवा ब्याटर अर्जुन कुमालले बाँकी खेल जित्ने लक्ष्यबाट टोली पछि नहटेको बताएका छन्। शुक्रबार चितवन राइनोजसँग ३० रनले पराजित भएपछि अर्जुनले टोली अहिले खराब समयबाट गुज्रिरहेको स्वीकार गरे। उनले क्रिकेटमा जे पनि सम्भव हुने भन्दै बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्ने प्रयास गर्ने बताए। 'अहिले हाम्रो प्लेअफ पुग्ने सम्भावना गणितीय रूपमा मात्रै बाँकी छ।
तर हामी हरेक खेल जित्ने लक्ष्यसहित मैदान उत्रनेछौँ। क्रिकेटमा जे पनि हुन सक्छ,' उनले भने। चितवनविरुद्ध पोखराको ब्याटिङमा अर्जुनले सबैभन्दा बढी रन बनाए। उनले ४४ बलमा ३ चौका र १ छक्कासहित ४५ रन जोडे। तर उनको धैर्यपूर्ण इनिङ्सले पनि टोलीलाई जित दिलाउन सकेन। १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमै समेटिएको थियो।
अर्जुनले यसपटकको प्रतियोगितामा पिचको अवस्थाले पनि ब्याटिङमा चुनौती थपेको बताए। विशेषगरी बल टर्न हुने पिचमा ब्याटरलाई सहज नभएको उनको भनाइ छ। उनले आफूलाई दिइएको जिम्मेवारीअनुसार खेल्ने प्रयास गरे पनि महत्वपूर्ण समयमा टोलीले लय कायम राख्न नसकेको बताए। सुरुवातमा राम्रो अवस्था बनाए पनि निर्णायक समयमा भएका गल्तीले टोलीले खेल गुमाउनुपरेको उनको विश्लेषण छ।
More sports
- How Delhi spinner’s ‘6-7’ celebration travelled to English county cricketKathmandu Post
- कालीमाटीमा डल्ले च्याउको मूल्य किलोको ३२०, लोकल गोलभेँडाको २५ मात्रैNepal Khabar
- गोल्ड कोस्टको समुद्री सौन्दर्यदेखि ग्रेट ओसियन रोडको अद्भुत दृश्यसम्मSetopati
- Non-league's greatest giant-killers eye another scalpBBC
- १०औं राष्ट्रिय खेलकुदको तयारीबारे मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमनOnlinekhabar (Nepali)
- Carlos Alcaraz saves match points to reach Paris Masters semifinalsAl Jazeera