Skip to main content
खेलकुदNepal Khabar

बंगलादेशी क्रिकेटर शकिब अल हसनले एनपीएलका बाँकी खेल नखेल्ने

Read the full story at Nepal Khabar

बंगलादेशी क्रिकेटर शकिब अल हसनले एनपीएलका बाँकी खेल नखेल्ने

बंगलादेशी क्रिकेटर शकिब अल हसनले नेपाल प्रिमियर लिग (एनपीएल)का बाँकी खेल नखेल्ने भएका छन्। एनपीएलको तेस्रो संस्करणमा शकिब पोखरा एभेन्जर्सबाट सहभागी भएका थिए। उनले पोखराबाट तीन वटा खेल खेलेका थिए।

तर, यूएईमा हुने अबु धाबी टी-१० लिगमा सहभागी हुनका लागि एनपीएलका बाँकी खेल नखेल्ने भएका हुन्। टी-१० लिगमा उनी युनाइटेड टाइगर्समा अनुबन्धित छन्। टी-१० लिगकै कारण उनी यूएई गइसकेका छन्।

जसले गर्दा शुक्रबारको खेलमा पनि अनुपस्थित थिए। शुक्रबार पोखरा चितवनसँग पराजित भएको थियो।&