Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

कोप–३१ मा जानेहरू सरकारी खर्चमा गएका हुन् कि होइनन् घोषणा गर्नैपर्छ : सांसद कार्की

Read the full story at Onlinekhabar (Nepali)

कोप–३१ मा जानेहरू सरकारी खर्चमा गएका हुन् कि होइनन् घोषणा गर्नैपर्छ : सांसद कार्की

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा जानेहरूले सरकारी खर्चमा गएका हुन् कि होइनन् घोषणा गर्नुपर्ने बताएका छन् । ‘कोपमा जानेहरू दर्जनौं हुन्छन् । साह्रै धेरै व्यक्तिगत खर्चमा, कुनै संस्थाको प्रायोजनमा कोपमा पुग्छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

‘देख्न पाइने र सिक्न पाइने कुरा असाध्यै धेरै हुन्छ कोपमा । तर त्यसो भन्दैमा व्यक्तिगत इच्छालाई सरकारी खर्चमा दपेट्न कसैले पनि पाइँदैन’, कार्कीले भनेका छन्, ‘अनि अहिलेको समयमा निर्णय वा छलफलको प्रक्रियामा प्रत्यक्ष सहभागी नहुने हो भने त नजादैमा देख्न र बुझ्न नपाइने होइन । ’ ‘सँधै झै यसपाली पनि कोपमा जानेहरुको लर्को छ । वातावरणको विद्यार्थी र सांसद पनि भएकाले हो कि धेरै साथीहरू कोपका लागि टर्किए पुगेको, पुग्दै गरेको देख्छु’ उनले लेखेका छन्, ‘जानेहरूले आफू सरकारी खर्चमा गएका हुन् कि होइनन् भन्ने सार्वजनिकरूपमा घोषणा गरुन् ।

गर्नैपर्छ । ’ कोप ३१ मा जलवायु परिवर्तनका असर न्यूनीकरण, अनुकूलन, जलवायु वित्त, हानि तथा क्षति र स्वच्छ ऊर्जा संक्रमण लगायतका विश्वव्यापी मुद्दामा छलफल भइरहेको छ ।

कोप–३१ मा जानेहरू सरकारी खर्चमा गएका हुन् कि होइनन् घोषणा गर्नैपर्छ : सांसद कार्की · EkJhalak News