Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

रिलिजअघि नै बक्स अफिसमा सुनामी ल्याउँदै ‘रामायण’, एड्भान्स बुकिङबाट १०० करोड नजिक

Read the full story at Onlinekhabar (Nepali)

रिलिजअघि नै बक्स अफिसमा सुनामी ल्याउँदै ‘रामायण’, एड्भान्स बुकिङबाट १०० करोड नजिक

रणवीर कपुर अभिनीत फिल्म ‘रामायण: पार्ट वन’ प्रदर्शनमा आउन अब एक दिन मात्र बाँकी छ । नोभेम्बर ५ मा विश्वभरका सिनेमाघरमा प्रदर्शन हुन लागेको यस फिल्मले रिलिजअघि नै भारतीय बक्स अफिसमा ठूलो हलचल मच्चाएको छ । फिल्मले भारतमा पहिलो पाँच दिनको एड्भान्स बुकिङबाट ९६.५६ करोड भारु ग्रस कलेक्सन गरेको छ । यससँगै फिल्म १०० करोड भारुको आँकडाको निकै नजिक पुगेको छ । यद्यपि, यसमा सिनेमाघरले दर्शकका लागि ब्लक गरेका सिटको मूल्य पनि समावेश छ ।

ती सिटको रकम हटाउँदा एड्भान्स बुकिङबाट भएको कमाइ ७७.३१ करोड भारु हुन्छ । ट्रेड वेबसाइट स्याकनिल्कका अनुसार, नोभेम्बर ४ बिहान ७ बजेसम्म फिल्मका पहिलो पाँच दिनका लागि ८३ हजार ३२ शो उपलब्ध थिए । ती शोका लागि २५ लाख ६५ हजार टिकट बुकिङ भएको थियो । सिनेमाघरले ब्लक गरेका सिट हटाउँदा बुकिङ भएका टिकटको संख्या २० लाख ५७ हजार हुन्छ । फिल्मको एड्भान्स बुकिङमा प्रदर्शनको पहिलो दिन अर्थात् नोभेम्बर ५ सबैभन्दा अगाडि छ ।

पहिलो दिनका लागि ३९.३५ करोड भारुको ग्रस एड्भान्स बुकिङ भएको छ । ब्लक गरिएका सिटको रकम हटाउँदा यो आँकडा ३३.३४ करोड भारु हुन्छ । दोस्रो दिन अर्थात् शुक्रबारका लागि १८.५३ करोड भारु, शनिबारका लागि १९.६८ करोड भारु र आइतबारका लागि १३.२३ करोड भारुको एड्भान्स बुकिङ भएको छ । सोमबारका लागि भने अहिलेसम्म ५.७८ करोड भारुको बुकिङ भएको छ ।