चितवनलाई कर्णालीले दियो १५४ रन पछ्याउने चुनौती
Read the full story at Nepal Khabar

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ८ विकेटको क्षतिमा १५३ रन बनायो।
टोलीका लागि हुसैन तलातले अर्धशतक प्रहार गरे भने अरिफुल इस्लामले ३५ रन, गुल्सन झाले १८ रन र पवन सर्राफले १५ रनको योगदान दिए। अन्य ब्याटरहरूमा दिपक डुम्रेले ७, मार्क वाटले ६, डेविड मिलरले ५ र सोमपाल कामीले ४ रन बनाए।
बलिङतर्फ चितवनका कमल ऐरी, सलाहुद्दिन खान र उसामा मिरले समान २-२ विकेट लिए भने रिजन ढकाल र सिकन्दर राजाले १-१ विकेट हात पारे। अब चितवन राइनोजले जितका लागि १५४ रनको लक्ष्य पछ्याउनेछ।
In English
Karnali gives Chitwan the challenge of chasing 154 runs
In the ongoing Nepal Premier League at the TU International Cricket Ground in Kirtipur, Karnali Yaks has given Chitwan Rhinos a target of 154 runs. Karnali, who batted first after winning the toss, scored 153 runs for the loss of 8 wickets in 20 overs. For the team, Hussain Talat hit a half-century, while Ariful Islam contributed 35 runs, Gulsan Jha 18 runs, and Pawan Sarraf 15 runs. Among other batters, Dipak Dumre scored 7, Mark Watt 6, David Miller 5, and Sompal Kami 4 runs. In bowling, Chitwan's Kamal Airee, Salahuddin Khan, and Usama Mir took 2 wickets each, while Rijan Dhakal and Sikandar Raza took 1 wicket each. Now, Chitwan Rhinos will chase the target of 154 runs for victory.
Machine translation — the original above is the story as filed.
More environment
- एनपीएल : कर्णालीद्वारा चितवनलाई जितका लागि १५४ रनको लक्ष्यDC Nepal
- हुसैन तलतको अर्धशतकमा चितवनलाई कर्णालीको १ सय ५४ रनको लक्ष्यBizmandu
- जलवायु वित्तसम्बन्धी कार्यक्रममा सहभागी भई अर्थमन्त्री स्वदेश फिर्ताOnlinekhabar (Nepali)
- मधुमेह र महिनावारी गडबडी भएकालाई फाइदाजनक नियमित दालचिनी सेवनThaha Khabar
- अन्तर्राष्ट्रिय जलवायु वित्त भित्र्याउन नेपाल र साउथ पोलबीच वन कार्बन साझेदारीThaha Khabar
- प्लेअफमा पुगिसकेको चितवन र समूह चरणबाटै बाहिरिएको कर्णालीबिचको प्रतिस्पर्धाRatopati