मधुमेह र महिनावारी गडबडी भएकालाई फाइदाजनक नियमित दालचिनी सेवन
Read the full story at Thaha Khabar

हाम्रो घरभान्छामा धेरै प्रयोग हुने मसला मध्ये एक हो दालचिनी। घरको भान्छामा मात्रै नभएर ठूला तारे होटलहरूमा, बास्नादार मसलाको रूपमा प्रयोग गरिने दालचिनी चिनी रोग अर्थात् मधुमेहको लागि प्रभावकारी छ। यसको धुलो नियमित सेवन गर्दा उपयोगि हुन्छ। दालचिनीको बोक्रामा हुने सक्रिय तत्त्व ‘पोलिफिनोल’ ले शरीरका विशेष प्रकारका प्रोटिनहरूको कामलाई बढाइ इन्सुलिन निस्कासन गराउन खबर गर्ने।
रगतमा रहेको ग्लकोजलाई एक ठाउँबाट अर्को ठाउँमा पुयाउने र ग्लकोजलाई टुक्राउन पनि सहयोग गर्न मद्दत गर्ने गर्छ जसले रगतमा चिनीको मात्रा कम गर्छ। यस बाहेक रक्तनलीमा जम्ने बोसोविरुद्ध पनि प्रभावकारी मानिएको छ। हाम्रै पूर्वीय चिकित्सा पद्धति आयुर्वेदका ग्रन्थहरूमा पनि मुखको घाउ खटिरा अजिर्ण, बच्चाहरूको झाडापखला, बाथ र महिनावारीसम्बन्धी समस्याहरूमा विशेष प्रभावकारी भएको उल्लेख गरेको पाइन्छ। गाउँघरमा वाकवाकी,उल्टी हुदा खान दिने गरेको पाइन्छ र यसको प्रभावकारीता पनि देखिएको छ।
आयुर्वेदिक औषधिहरूमा विभिन्न व्राण्डहरूमा समिश्रणको रूपमा प्रयोग हुँदै आएको छ। यी समस्या बाहेक चिनी रोग एवं बढी मोटो हुनुहुन्छ भने शुद्ध दालचिनीको धुलो १–३ ग्राम प्रयोग गर्न सक्नुहुन्छ। यसको पार्श्व प्रभाव (साइड इफेक्ट) हालसम्म देखिएको छैन।
More environment
- एनपीएल : कर्णालीद्वारा चितवनलाई जितका लागि १५४ रनको लक्ष्यDC Nepal
- हुसैन तलतको अर्धशतकमा चितवनलाई कर्णालीको १ सय ५४ रनको लक्ष्यBizmandu
- जलवायु वित्तसम्बन्धी कार्यक्रममा सहभागी भई अर्थमन्त्री स्वदेश फिर्ताOnlinekhabar (Nepali)
- अन्तर्राष्ट्रिय जलवायु वित्त भित्र्याउन नेपाल र साउथ पोलबीच वन कार्बन साझेदारीThaha Khabar
- प्लेअफमा पुगिसकेको चितवन र समूह चरणबाटै बाहिरिएको कर्णालीबिचको प्रतिस्पर्धाRatopati
- Maharashtra government urges drought-hit farmers to complete e-KYC, obtain Farmer IDs to access benefitsThe Hindu