Skip to main content
वातावरणRatopati

प्लेअफममा पुगिसकेको चितवन र समूह चरणबाटै बाहिरिएको कर्णालीबिचको प्रतिस्पर्धा

Read the full story at Ratopati

प्लेअफममा पुगिसकेको चितवन र समूह चरणबाटै बाहिरिएको कर्णालीबिचको प्रतिस्पर्धा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा कर्णाली याक्सले ९.५ ओभरमै पाँच विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ९.५ ओभरमा पाँच विकेट गुमाएर ६९ रन बनाएको छ । कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ३५ रन बनाए । उनले १५ बलमा चार चौका र दुई छक्का प्रहार गरे । पवन सर्राफले १५ तथा दीपक डुम्रेले सात रन बनाए ।

कप्तान डेभिड मिलर पाँच रनमा आउट भए । चितवनका कमल ऐरीले दुई विकेट लिए । उसामा मिर, सिकन्दर राज र सलाहुद्दिन खानले समान एक विकेट हात पारे । कर्णालीका हुसेन तलात तीन रन बनाएर क्रिजमा छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राईनोजसँगको खेलमा कर्णालीका कप्तान डेभिड मिलरले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । चितवन प्लेअफमा पुगिसकेको छ भने कर्णाली लिग चरणबाटै बाहिरिइसकेको छ ।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आइतबार दुई खेल हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुनेछन् । दोस्रो खेलमा काठमाण्डु गोर्खाज र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता प्लेअफ चरणतर्फ अघि बढिरहेका बेला यी खेलले अंकतालिकाको समीकरण र टोलीहरूको अन्तिम स्थान निर्धारणमा भूमिका खेल्नेछ ।