हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने
Read the full story at Thaha Khabar

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आगामी मङ्सिर १४ देखि १९ गतेसम्म ‘प्रथम तुवाचुङ कप–२०८३’ अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। नगरप्रमुख विमला राईका अनुसार देशभरका जुनसुकै स्थानीय तहले सहभागिता जनाउन पाउने यो प्रतियोगिताले ग्रामीण क्षेत्रका प्रतिभावान् खेलाडीको पहिचान गरी उनीहरूलाई व्यावसायिक रूपमा अगाडि बढ्न हौसला प्रदान गर्ने अपेक्षा गरिएको छ।
वडा नं ७ महादेवस्थानस्थित खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा विजेता टोलीले रु दुई लाख २२ हजार २२२, उपविजेताले रु एक लाख ११ हजार १११ र सेमिफाइनलिष्ट दुई टोलीले जनही रु ५५ हजार ५५५ नगद पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु १० हजार प्रदान गरिनेछ।
फिफाको नियमअनुसार नकआउट प्रणालीमा खेलाइने प्रतियोगितामा प्रत्येक पालिकाबाट एक टोली सहभागी हुन पाउने र तीन जना खेलाडी अन्तर-पालिका राख्न पाइने व्यवस्था गरिएको छ।
In English
Tuwa Chung Cup football tournament to be held in Halesi Tuwa Chung
Halesi Tuwa Chung Municipality in Khotang is set to organize the 'First Tuwa Chung Cup-2083' inter-municipal men's football tournament from Mangsir 14 to 19. According to Mayor Bimala Rai, the tournament, which allows participation from any local level in the country, is expected to identify talented players from rural areas and encourage them to advance professionally. The tournament will be held at the sports ground in Ward No. 7, Mahadevasthan. The winning team will receive a cash prize of Rs 222,222, the runner-up will receive Rs 111,111, and the two semi-finalist teams will each receive Rs 55,555. The best player, goalkeeper, and top scorer will each be awarded Rs 10,000. The tournament, to be played in a knockout format according to FIFA rules, allows one team from each municipality to participate, with a provision for three players to be from other municipalities.
Machine translation — the original above is the story as filed.
More sports
- महिला अन्तरराष्ट्रिय गोल्डकपः अक्वा एफसीलाई हराउँदै एपिएफ सेमिफाइनलमाThaha Khabar
- एनपिएल–३ मा लयमा देखिएका चार नेपाली क्रिकेटरThaha Khabar
- तिलोत्तमामा मंसिर ८ देखि पाँचौं समपूर्ण नकआउट फुटबल प्रतियोगिता हुँदैDC Nepal
- Prince William, Princess Kate to visit Mumbai for Earthshot Prize Awards; gully cricket, Metro ride, Bollywood on itineraryThe Hindu
- खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदकRatopati
- बालबालिकालाई एक मिनेटको भिडियो प्रतियोगिता, ५० हजार पुरस्कारRatopati