बालबालिकालाई एक मिनेटको भिडियो प्रतियोगिता, ५० हजार पुरस्कार
Read the full story at Ratopati

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौं जलवायु कार्य सप्ताह २०८३ अन्तर्गत विद्यालय उमेरका बालबालिकाका लागि एक मिनेटसम्मको भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । महानगरपालिकाले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि व्यक्ति तथा समुदायको जिम्मेवारी प्रवर्द्धन गर्ने उद्देश्यले मङ्सिर ७ देखि १३ गतेसम्म जलवायु कार्य सप्ताह आयोजना गर्न लागेको हो ।
सप्ताहअन्तर्गत कक्षा ६ देखि १२ सम्म अध्ययनरत बालबालिकाबीच ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता हुन लागेको महानगरपालिकाले आइतबार जारी गरेको सूचनामार्फत जनाएको छ । प्रतियोगितामा काठमाडौँ महानगरपालिकाका स्थायी बासिन्दाका बालबालिका तथा महानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी सहभागी हुन पाउनेछन् । प्रतियोगितामा प्रथम हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
त्यस्तै, सात जनालाई जनही १० हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुन तथा थप जानकारी लिन महानगरपालिकाले सार्वजनिक गरेको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी दर्ता गर्न सकिनेछ ।
More sports
- एनपीएल-३ मा लयमा देखिएका चार नेपाली क्रिकेटरDC Nepal
- एनपीएलमा आज दुई खेल, चितवन र कर्णाली तथा काठमान्डु र पोखरा भिड्नेThaha Khabar
- खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदकDC Nepal
- कैलालीमा जुवातास खेलेको आरोपमा १० जना पक्राउOnlinekhabar (Nepali)
- महिला अन्तर्राष्ट्रिय गोल्डकप– एपिएफ सेमिफाइनलमाSetopati
- महिला अन्तर्राष्ट्रिय गोल्डकपमा पूर्णिमाको चार गोल, भारतीय टोली ७-० ले पराजितNagarik News