Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

‘रामायण’ को ४ हजार करोड बजेटमाथि बहस

Read the full story at Onlinekhabar (Nepali)

‘रामायण’ को ४ हजार करोड बजेटमाथि बहस

फिल्ममेकर राम गोपाल वर्माले फेरि एकपटक रणवीर कपूर अभिनीत फिल्म ‘रामायण’ को प्रशंसा गरेका छन् । उनले आफ्नी आमाले समेत टिकट किनेर अरूलाई फिल्म देखाइरहेको बताएका छन् । यससँगै उनले फिल्मका निर्माता नमित मल्होत्राको व्यावसायिक रणनीतिको पनि प्रशंसा गरेका छन् । राम गोपाल वर्माले पछिल्लो समय रणवीर कपूर अभिनीत फिल्म ‘रामायण’ को खुलेर प्रशंसा गर्ने गरेका छन् ।

प्रदर्शनमा आएको १० दिनमै फिल्मले विश्वभरबाट १२०० करोड भारुभन्दा बढी कमाइ गरेको छ । फिल्मको यो सफलताबीच वर्माले निर्माता नमित मल्होत्राको व्यावसायिक रणनीतिको समर्थन गरेका छन् । यति मात्र होइन, उनले फिल्मको दोस्रो भागको कमाइबारे पनि ठूलो अनुमान गरेका छन् । उनका अनुसार ‘रामायण २’ ले पहिलो भागको तुलनामा १० गुणा बढी कमाइ गर्न सक्छ ।

राम गोपाल वर्माले सामाजिक सञ्जाल एक्समा लामो पोस्ट लेख्दै फिल्मको बजेट, कमाइ र निर्माणपछाडिको व्यावसायिक रणनीतिबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले फिल्मको अहिलेको कमाइलाई हेर्दा नमित मल्होत्राले पहिलो भागबाटै दुवै भागको निर्माण लागत उठाउन सक्ने बताएका छन् । राम गोपाल वर्माले आफ्नी आमासँग जोडिएको एउटा प्रसंग सुनाउँदै पोस्ट सुरु गरेका छन् । उनले लेखेका छन्, ‘मेरी आमाले मेरा उत्कृष्ट फिल्मका लागि समेत यस्तो गर्नुभएन ।