८ अर्ब लगानीमा इँटा उद्योग रूपान्तरणको योजना, ३०० उत्पादन केन्द्र स्थापना गरिने
Read the full story at Nepal Khabar

नेपालको परम्परागत इँटा उद्योगलाई वातावरणमैत्री प्रविधिमा रूपान्तरण गर्ने उद्देश्यसहित ६ करोड अमेरिकी डलर (करिब ८ अर्ब रुपैयाँ) बराबरको कार्बन वित्तीयकरण कार्यक्रम घोषणा गरिएको छ। गुड ब्रिक्स प्रविधिमार्फत सन् २०३० सम्म नेपालभर ३०० वटा उत्पादन केन्द्र स्थापना गर्ने लक्ष्यसहित उक्त कार्यक्रम सार्वजनिक गरिएको हो। जलवायु प्रविधि कम्पनी इन्नोसीएसआर र दिवाकर गोल्छा अर्गनाइजेसनको सहकार्यमा हुलास इको ब्रिक्सले यो कार्यक्रम अघि बढाउने भएको हो।
नेपाल र दक्षिण कोरिया सरकारबीच जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखामा सम्झौता भएको केही समयपछि यो कार्यक्रम घोषणा गरिएको हो। कार्यक्रमअन्तर्गत सहभागी इँटा उत्पादक उद्योगलाई हाइड्रोलिक इँटा प्रेस गर्ने मेसिन उपलब्ध गराउनुका साथै बजार व्यवस्थापनमा समेत सहयोग गरिनेछ। प्रत्येक उत्पादन केन्द्रमा करिब २ लाख अमेरिकी डलर बराबरको मेसिन तथा बजार सहयोग उपलब्ध गराउने योजना छ।
यसका लागि आवश्यक वित्तीय स्रोत भविष्यमा प्राप्त हुने कार्बन क्रेडिटलाई आधार बनाएर जुटाइनेछ। एसियाली विकास बैंक (एडीबी), एनएच इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज तथा कोरिया वेस्टर्न पावरजस्ता अन्तर्राष्ट्रिय लगानीकर्ताबाट कार्बन वित्तीयकरण उपलब्ध गराइने कम्पनीले जनाएको छ। कार्यक्रम पूर्ण क्षमतामा सञ्चालनमा आएपछि वार्षिक करिब ३ अर्ब वटा पोल्नुनपर्ने इँटा उत्पादन गर्न सकिने अनुमान गरिएको छ।
More business
- गृहमन्त्री गुरुङले यूएईसँग राखे लगानीको प्रस्ताव, वैदेशिक व्यापारमन्त्री ‘सकारात्मक’Nepal Khabar
- SIPs attracted investors in the past. Current low returns frustrate themKathmandu Post
- हङकङसँग दोहोरो करमुक्ति सम्झौताको तयारी, बढ्ला सेवा क्षेत्र र बहुराष्ट्रिय कम्पनीमा लगानी?Bizmandu
- Unnatural death allegations: Family to protest with woman’s body outside bank in KozhikodeThe Hindu
- माथिल्लो तामाकोशीले ३ महिनामा कमायो १ अर्ब ६५ करोड नाफाOnlinekhabar (Nepali)
- Massive fire at Gurugram woollens market guts around 25 shops; no injuriesThe Hindu