माथिल्लो तामाकोशीले ३ महिनामा कमायो १ अर्ब ६५ करोड नाफा
Read the full story at Onlinekhabar (Nepali)

२९ कात्तिक, काठमाडौं । ४५६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले तीन महिनामै करिब ४ अर्बको बिजुली बिक्री गरेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको बिक्री आम्दानी ३ अर्ब ९४ करोड रुपैयाँ छ । गत वर्ष यसै अवधिमा कम्पनीको बिक्री आम्दानी ३ अर्ब ८५ करोड रुपैयाँ थियो । कम्पनीको आम्दानी बढे पनि नाफा पहिलेको तुलनामा घटेको छ ।
चालु आवको पहिलो तीन महिनामा कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा १ अर्ब ६७ करोड रुपैयाँ थियो । वित्तीय खर्च बढ्दा कम्पनीको नाफामा केही असर परेको छ । यस्तो खर्च पहिले १ अर्ब ४ करोड रुपैयाँ रहेकोमा अहिले १ अर्ब १४ करोड रुपैयाँ छ । आयोजना पूर्ण सञ्चालनमा रहेको कम्पनीले वित्तीय विवरणमा स्पष्ट पारेको छ ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८२ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ५२ रुपैयाँ ३० पैसा छ । हाल यस कम्पनीको बजार मूल्य प्रतिकित्ता १९३ रुपैयाँ छ । हालसम्म यस कम्पनीले सेयरधनीलाई लाभांश दिन सकेको छैन ।
More business
- SIPs attracted investors in the past. Current low returns frustrate themKathmandu Post
- गृहमन्त्री गुरुङले यूएईसँग राखे लगानीको प्रस्ताव, वैदेशिक व्यापारमन्त्री ‘सकारात्मक’Nepal Khabar
- ८ अर्ब लगानीमा इँटा उद्योग रूपान्तरणको योजना, ३०० उत्पादन केन्द्र स्थापना गरिनेNepal Khabar
- हङकङसँग दोहोरो करमुक्ति सम्झौताको तयारी, बढ्ला सेवा क्षेत्र र बहुराष्ट्रिय कम्पनीमा लगानी?Bizmandu
- Unnatural death allegations: Family to protest with woman’s body outside bank in KozhikodeThe Hindu
- विमानस्थलमा २२ करोडको हेरोइनसहित भारतीय नागरिक पक्राउNagarik News