विमानस्थलमा २२ करोडको हेरोइनसहित भारतीय नागरिक पक्राउ
Read the full story at Nagarik News

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब २२ करोड रुपैयाँ मूल्य पर्ने साढे ५ केजी सेतो हेरोइन बरामद गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले थाइल्यान्डबाट काठमाडौँ आएका एक भारतीय नागरिकलाई लागुऔषधसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा महाराष्ट्र निवासी ५२ वर्षीय रेवराज टिघारे रहेका छन्। शनिबार बिहान विमानस्थलमा गरिएको नियमित जाँचका क्रममा उनको लगेजभित्र लुकाइएको अवस्थामा हेरोइन फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनले खरायो र बिरालोको खानाका प्याकेटभित्र लुकाएर लागुऔषध ल्याएका थिए। बरामद गरिएको हेरोइनको अवैध बजार मूल्य करिब २२ करोड रुपैयाँ रहेको अनुमान गरिएको छ। अनुसन्धानका क्रममा पक्राउ परेका टिघारेको यसअघि लाओसबाट काठमाडौँ हुँदै भारत गएको यात्रा विवरण पनि भेटिएको छ। साथै, उनले जिम्बाब्वे, सुडान, बङ्गलादेश र कम्बोडियालगायत देशको भ्रमण गरेको खुलेको छ।
प्रहरीले उनलाई अन्तर्राष्ट्रिय लागुऔषध कारोबारको सञ्जालसँग जोडिएको आशङ्का गरेको छ। उनको साथबाट मेकानिकल इन्जिनियरिङसम्बन्धी प्रमाणपत्रसमेत बरामद भएको बताइएको छ। हाल पक्राउ परेका भारतीय नागरिकमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
More business
- SIPs attracted investors in the past. Current low returns frustrate themKathmandu Post
- गृहमन्त्री गुरुङले यूएईसँग राखे लगानीको प्रस्ताव, वैदेशिक व्यापारमन्त्री ‘सकारात्मक’Nepal Khabar
- ८ अर्ब लगानीमा इँटा उद्योग रूपान्तरणको योजना, ३०० उत्पादन केन्द्र स्थापना गरिनेNepal Khabar
- Upper Tamakoshi Hydropower earns Rs 1.65 billion in net profit in 3 monthsOnlinekhabar English
- २२ करोड बराबरको सेतो हेरोइनसहित लागुऔषधका अन्तर्राष्ट्रिय तस्कर पक्राउOnlinekhabar (Nepali)
- Dubai, Abu Dhabi property markets could gain if Trump’s midterm losses help end Iran warSouth China Morning Post