२२ करोड बराबरको सेतो हेरोइनसहित लागुऔषधका अन्तर्राष्ट्रिय तस्कर पक्राउ
Read the full story at Onlinekhabar (Nepali)

पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ५२ वर्षीय रेवाज तिघरी नाम गरेका व्यक्ति रहेको लागुऔषध नियन्त्रण ब्युरोका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीले बताए । हवाई मार्ग हुँदै लागुऔषध ओसारपसार हुनसक्ने भन्दै संकित व्यक्तिहरूको प्रोफाइलिङ गर्ने क्रममा उनी पक्राउ परेको प्रहरीले बताएको छ । २८ कात्तिकमा थाइल्याण्डबाट काठमाडौं आएका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् ।
उनी यसअघि लाओसबाट २ पटक नेपाल आएको पाइएको छ । पहिलो पटक हवाईमार्गबाट नेपाल आएका उनी दोस्रो पटक भारतबाट स्थलमार्ग हुँदै नेपाल आएको एसपी रेग्मीले बताए । उनले लाओससँगै जिम्बाबे, सुडान, बंगलादेश, भियतनाम, कम्बोडियाको समेत भ्रमण गरिसकेका छन् ।
उनी लागुऔषध कारोबारीको अन्तर्राष्ट्रिय सञ्जालका मुख्य व्यक्ति रहेको प्रहरीले बताएको छ । उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्र समेत बरामद भएको छ । उनीबाट बरामद भएको सेतो हेराइन साढे पाँच किलोको बजार मूल्य २२ करोड प्रहरीले बताएको छ ।
More business
- SIPs attracted investors in the past. Current low returns frustrate themKathmandu Post
- गृहमन्त्री गुरुङले यूएईसँग राखे लगानीको प्रस्ताव, वैदेशिक व्यापारमन्त्री ‘सकारात्मक’Nepal Khabar
- ८ अर्ब लगानीमा इँटा उद्योग रूपान्तरणको योजना, ३०० उत्पादन केन्द्र स्थापना गरिनेNepal Khabar
- Upper Tamakoshi Hydropower earns Rs 1.65 billion in net profit in 3 monthsOnlinekhabar English
- Dubai, Abu Dhabi property markets could gain if Trump’s midterm losses help end Iran warSouth China Morning Post
- हङकङसँग दोहोरो करमुक्ति सम्झौताको तयारी, बढ्ला सेवा क्षेत्र र बहुराष्ट्रिय कम्पनीमा लगानी?Bizmandu