Skip to main content
अर्थतन्त्रBizmandu

हङकङसँग दोहोरो करमुक्ति सम्झौताको तयारी, बढ्ला सेवा क्षेत्र र बहुराष्ट्रिय कम्पनीमा लगानी?

Read the full story at Bizmandu

हङकङसँग दोहोरो करमुक्ति सम्झौताको तयारी, बढ्ला सेवा क्षेत्र र बहुराष्ट्रिय कम्पनीमा लगानी?

काठमाडौं। नेपालले हङकङसँग दोहोरो करमुक्ति सम्झौता (डीटीएए) गर्ने भएको छ। यसका लागि नेपाल र हङकङबीच आगामी जनवरीमा प्रारम्भिक द्विपक्षीय वार्ता तय भएको छ। एसियाको प्रमुख अन्तर्राष्ट्रिय वित्तीय तथा व्यापारिक केन्द्र हङकङसँग कर छुटसम्बन्धी सम्झौता गरेर नेपालले विदेशी पुँजीसँगै प्रविधि, व्यावसायिक सञ्जाल, व्यवस्थापकीय सीप र अन्तर्राष्ट्रिय बजारसम्मको पहुँच विस्तार गर्न खोजेको हो।

आन्तरिक राजस्व विभागले सम्झौताको तयारी अगाडि बढाउनुलाई कर छुटको विषयमात्र नभई नेपाललाई अन्तर्राष्ट्रिय सेवा व्यापार र लगानीको सञ्जालसँग जोड्ने माध्यमका रूपमा हेरेको छ। ‘डीटीएए गर्ने कि भन्ने प्रारम्भिक चरणमै छौं। यसबाट दुई देशका लगानीकर्तालाई दुवैतिर कर तिर्नु नपर्ने व्यवस्था गरेर सहज वातावरण बनाउनु छँदैछ। मुख्यरुपमा कर प्रणालीमा सहजीकरण गरेर त्यहाँका लगानीकर्तालाई आकर्षित गर्ने उद्देश्य हो,’ विभाग स्रोतले भन्यो।

विशेषगरी अन्तर्राष्ट्रिय कम्पनीले अर्को देशमा लगानी गर्ने निर्णय गर्दा करको दर मात्रै हेर्दैनन्। लाभांश, ब्याज, रोयल्टी, प्राविधिक सेवा शुल्क, पुँजीगतसम्बन्धी व्यवस्था पनि अध्ययन गर्छन्। डीटीएएपछि यस्ता विषय स्पष्ट हुने भएकाले सीमापार लगानी र व्यावसायिक कारोबारलाई सहज बनाउने विभागको भनाइ छ।