एन्फा निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय
Read the full story at Ratopati

अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले २०८३/२०८६ का लागि नयाँ नेतृत्व चयन गर्न नियमित निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको बैठकले २०८२ पुस १६ गतेको निर्वाचनसम्बन्धी निर्णय बदर गर्दै वैशाख २६ गते धुलिखेलमा सम्पन्न साधारण सभाको निर्णयअनुसार अघि बढ्ने निर्णय गरेको हो।
बैठकले फिफा यु–१५ वर्ड फेस्टिभलका खेलाडी तथा प्रशिक्षकलाई जनही ५० हजार र अफिसियललाई ३० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। साथै, २०८३ माघमा यु–१५ फेस्टिभल आयोजना गर्ने र त्यसका लागि फिफा, एएफसी तथा सरकारी निकायसँग बजेट माग गर्ने निर्णय भएको छ।
अध्यक्ष र महासचिवलाई तीन दिनभित्र विवरण पेस गर्न पुनः अनुरोध गरिएको छ भने निमित्त महासचिव दामोदर भट्टराईलाई प्रशासनिक अधिकार दिइएको छ। लामो समयदेखि रोकिएको प्रशिक्षण कार्यक्रम शनिबारदेखि पुनः सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।
In English
Decision to advance ANFA election process
The executive committee meeting of the All Nepal Football Association (ANFA) has decided to advance the regular election process to select new leadership for the 2083/2086 term. The meeting held at the ANFA Complex in Satdobato decided to annul the election-related decision of Poush 16, 2082, and proceed according to the decision of the General Assembly held in Dhulikhel on Baisakh 26. The meeting announced a reward of Rs 50,000 each to the players and coaches of the FIFA U-15 World Festival and Rs 30,000 to the officials. Additionally, it has been decided to organize the U-15 festival in Magh 2083 and to request a budget for it from FIFA, the AFC, and government bodies. The president and general secretary have been requested again to submit details within three days, while acting general secretary Damodar Bhattarai has been given administrative authority. The meeting also decided to resume the training program, which had been halted for a long time, starting from Saturday.
Machine translation — the original above is the story as filed.
More politics
- हेटौंडामा यस्तो छ छठको तयारी (तस्बिर)Nepal Khabar
- वर्तमान सरकारलाई नयाँ वर्ष देखाउन दिनु हुँदैन: महेश बस्नेतNepal Khabar
- ओलीको कटाक्ष: इनम बाबु दानबहादुरमै सिद्धियो कि अरुमा पनि काम लाग्छ?Nepal Khabar
- मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ: रवि लामिछानेNepal Khabar
- लुम्बिनीविरुद्ध विराटनगरले रोज्यो ब्याटिङNepal Khabar
- जेनजी आन्दोलन षड्यन्त्र हो, कांग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयो: देउवाNepal Khabar