गगन र विश्वप्रकाशमाथि जितजंगको प्रहार : एनजीओ कनेक्सन र आर्थिक अनियमितता छानबिन गर्न माग
Read the full story at Ratopati

ललितपुर । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले कांग्रेस वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक पृष्ठभूमि तथा गैरसरकारी संस्था (एनजीओ र आईएनजीओ) सँगको सम्बन्धमाथि प्रश्न उठाउँदै निष्पक्ष अनुसन्धानको माग गरेका छन्। शनिबार शेरबहादुर देउवा पक्षीय कांग्रेसको ललितपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले आफू मन्त्री नभएको भन्ने शर्माको अभिव्यक्तिको प्रतिवादसमेत गरेका हुन्।
यसैगरी कांग्रेस नेता गगन थापा स्वास्थ्यमन्त्री हुँदा भएका भनिएका आर्थिक अनियमितता र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेतृत्व चयन प्रक्रियामा उठेका विषयहरूको पनि निष्पक्ष छानबिन हुनुपर्ने माग बस्नेतले राखे। सञ्चारमाध्यममा १८ करोड, ३६ करोड हुँदै ५०–५१ करोडसम्मका आर्थिक लेनदेनका प्रसङ्गहरू सार्वजनिक भएपछि सम्बन्धित व्यक्ति स्पष्टीकरण दिन दौडधुपमा लागेको टिप्पणी गर्दै उनले पटक-पटक सरकार फेरिँदा चासो नदेखाउने व्यक्ति अहिले मधेस प्रदेश सरकार जोगाउन गएको भन्ने दाबी कति विश्वसनीय छ भन्दै प्रश्न गरे। पार्टीभित्र आर्थिक चलखेल र बिचौलियाहरूको प्रभाव तीव्र रूपमा बढेको आरोप लगाउँदै बस्नेतले व्यापार-व्यवसायको आडमा कांग्रेस कब्जा गर्ने प्रयास आफूहरूलाई स्वीकार्य नहुने चेतावनी दिए।
पार्टीको आन्तरिक शुद्धीकरणमा जोड दिँदै उनले भने, ‘पार्टी कुनै व्यक्तिको निजी सम्पत्ति होइन।
More world
- Tinkar residents bear the cost of Kathmandu’s border rhetoricKathmandu Post
- अर्को हप्ता चीनमा ट्रम्प, पुटिन र सीबिच ऐतिहासिक संयुक्त भेटवार्ता गर्ने योजनाNepal Khabar
- Mekedatu is Karnataka’s right, we will build dam and release Tamil Nadu’s share of water: D.K. ShivakumarThe Hindu
- Tribal organisation seeks full utilisation of SC/ST sub-plan funds in Tamil NaduThe Hindu
- France protests for fifth Saturday against living costs and heavy-handed policingFrance 24
- Hyderabad emerged as the Deccan’s centralised minting centre under the Nizams, says historianThe Hindu