Skip to main content
विश्वNepal Khabar

अर्को हप्ता चीनमा ट्रम्प, पुटिन र सीबिच ऐतिहासिक संयुक्त भेटवार्ता गर्ने योजना

Read the full story at Nepal Khabar

अर्को हप्ता चीनमा ट्रम्प, पुटिन र सीबिच ऐतिहासिक संयुक्त भेटवार्ता गर्ने योजना

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङबिच अर्को हप्ता चीनमा ऐतिहासिक संयुक्त भेटवार्ता गर्ने योजना बनिरहेको अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ। ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सले भनिन्, 'यो भेट दक्षिणी चिनियाँ सहर सेन्जेनमा हुनेछ, जहाँ एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलन हुँदै छ। ' ओलिभिया वेल्सका अनुसार बैठकमा ट्रम्पले विश्वमा आणविक हतियारको संख्या घटाउनेबारेमा छलफल गर्नेछन्।

ट्रम्पले आणविक हतियारको प्रसारलाई धेरै खतरनाक ठानेका छन्। बीबीसीका अनुसार विश्वका सबैभन्दा ठुला आणविक शक्ति राष्ट्रका नेताहरूबिच हुने यस भेटटमा इरानको विषयमा पनि छलफल हुन सक्ने बुझिएको छ, तर युक्रेनका विषयमा कुरा हुने छैन। समाचार एजेन्सीहरू एपी र रोयटर्सका अनुसार एक वरिष्ठ अमेरिकी अधिकारीले नाम नबताउने सर्तमा यो बैठकमा कुनै सम्झौता हुने अपेक्षा भने नगरिएको बताएका छन्।

बिहीबार ट्रम्प र सीबिच छुट्टै द्विपक्षीय बैठक पनि हुनेछ। पुन: राष्ट्रपति बनेपछि ट्रम्पले सीसँग चौथोपटक भेटवार्ता गर्न लागेका हुन्।