तोसिमा कार्की मनिला जाँदै
Read the full story at Onlinekhabar (Nepali)

रास्वपा सांसद डा. तोसिमा कार्की बालबालिकामाथि हुने हिंसा अन्त्य तथा जनस्वास्थ्य संरक्षणसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन फिलिपिन्सको राजधानी मनिला जाने भएकी छन् । २८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा.
तोसिमा कार्की बालबालिकामाथि हुने हिंसा अन्त्य तथा जनस्वास्थ्य संरक्षणसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन फिलिपिन्सको राजधानी मनिला जाने भएकी छन् । फिलिपिन्स सरकारको आयोजना तथा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) को सहआयोजनामा नोभेम्बर १८ र १९ मा सम्मेलन हुँदैछ । सम्मेलनमा विभिन्न देशका मन्त्री, वरिष्ठ सरकारी अधिकारी तथा सरोकारवालाहरू सहभागी हुनेछन् । सम्मेलनअघि नोभेम्बर १६ मा युनाइट, डब्ल्यूएचओ र प्रोजेक्ट एभ्रिवनको सहकार्यमा विशेष संसदीय नेतृत्व कार्यक्रम आयोजना हुनेछ ।
चिल्ड्रेन्स इन्भेस्टमेन्ट फन्ड फाउन्डेसनको सहयोगमा हुने उक्त कार्यक्रममा बालबालिकामाथि हुने हिंसालाई जनस्वास्थ्यको प्राथमिकताका रूपमा सम्बोधन गर्ने विषयमा छलफल हुनेछ । कार्यक्रममा हिंसा रोकथाम, प्रभावित बालबालिकाका लागि प्रभावकारी स्वास्थ्य तथा संरक्षण प्रणालीको विकास, आवश्यक कानुनी व्यवस्था, दिगो वित्तीय स्रोत र संसदीय निगरानीका विषयमा विभिन्न देशका सांसद तथा विज्ञहरूले अनुभव आदानप्रदान गर्नेछन् ।
More politics
- हेटौंडामा यस्तो छ छठको तयारी (तस्बिर)Nepal Khabar
- वर्तमान सरकारलाई नयाँ वर्ष देखाउन दिनु हुँदैन: महेश बस्नेतNepal Khabar
- ओलीको कटाक्ष: इनम बाबु दानबहादुरमै सिद्धियो कि अरुमा पनि काम लाग्छ?Nepal Khabar
- मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ: रवि लामिछानेNepal Khabar
- लुम्बिनीविरुद्ध विराटनगरले रोज्यो ब्याटिङNepal Khabar
- जेनजी आन्दोलन षड्यन्त्र हो, कांग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयो: देउवाNepal Khabar