Skip to main content
राजनीतिSetopati

मलाई अब केही बन्नु छैन, पार्टीका लागि अन्तिम साससम्म लड्छु– देउवा

Read the full story at Setopati

मलाई अब केही बन्नु छैन, पार्टीका लागि अन्तिम साससम्म लड्छु– देउवा

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई अब व्यक्तिगत रूपमा कुनै पद प्राप्त गर्ने चाहना नरहेको र पार्टीका लागि अन्तिम सास रहुन्जेल संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन्। शनिबार ललितपुरमा आयोजित कांग्रेस जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले आफू पाँचपटक प्रधानमन्त्री बन्नुमा पार्टीको ठूलो योगदान रहेको उल्लेख गरे।

देउवाले कांग्रेस हजारौं नेता तथा कार्यकर्ताको त्याग, संघर्ष र बलिदानबाट निर्माण भएको पार्टी भएको बताउँदै शहीदहरूको रगतले बनेको पार्टीलाई कसैले बन्दी बनाउन नसक्ने दाबी गरे। उनले पार्टीको इतिहास, विचार र अस्तित्व कसैले समाप्त पार्न नसक्ने भन्दै कार्यकर्ताहरूलाई पार्टीको भविष्यप्रति विश्वस्त रहन आग्रह गरे।

In English

I do not wish to become anything now, I will fight for the party until my last breath: Deuba

Former Nepali Congress President Sher Bahadur Deuba has expressed that he no longer has a desire to obtain any position personally and committed to struggling for the party until his last breath. Addressing the Congress district convention organized in Lalitpur on Saturday, he mentioned that the party had a great contribution to him becoming Prime Minister five times. Deuba stated that Congress is a party built through the sacrifice, struggle, and martyrdom of thousands of leaders and workers, claiming that no one can make the party, built with the blood of martyrs, a hostage. He urged workers to remain confident in the party's future, stating that no one can terminate the party's history, ideology, and existence.

Machine translation — the original above is the story as filed.