वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू
Read the full story at Nagarik News

भारतको राजधानी दिल्लीमा वायु प्रदूषण बढेपछि सङ्घीय सरकारले शुक्रबारदेखि दिल्ली र आसपासका जिल्लामा प्रदूषण नियन्त्रणका कडा उपाय लागू गरेको छ। वायु प्रदूषणको स्तर निरन्तर बढ्दै गएपछि गरिएको समीक्षा बैठकले ‘ग्रेडेड रेस्पोन्स एक्सन प्लान’ ९जीआरएपी० को तेस्रो चरणका उपाय कार्यान्वयन गर्ने निर्णय गरेको हो। राजधानी र आसपासका क्षेत्रको वायु गुणस्तर व्यवस्थापनका लागि गठित आयोग (सीएक्यूएम) द्वारा जारी विज्ञप्तिअनुसार, प्रतिकूल मौसमी अवस्थाका कारण प्रदूषक तत्वहरू वायुमण्डलमा फैलिन नसक्दा नोभेम्बर ६ मा दिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३८२ पुगेको थियो।
यो स्तर अत्यन्त खराब श्रेणीमा पर्छ। आयोगले सम्पूर्ण राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा तत्काल लागू हुने गरी जीआरएपीको तेस्रो चरण कार्यान्वयनमा ल्याएको जनाएको छ। साथै, सम्बन्धित क्षेत्रका प्रदूषण नियन्त्रण निकायलाई यी उपाय कडाइका साथ पालना गराउन निर्देशन दिएको छ।
तेस्रो चरणअन्तर्गत अत्यावश्यकबाहेकका सबै निर्माण तथा भत्काउने कार्यमा प्रतिबन्ध लगाइएको छ। यसमा उत्खनन्, माटो पुर्ने, बोरिङ, ड्रिलिङ, पाइलिङ, इँटा लगाउने, चिनाइ, सडक निर्माण तथा ठूला मर्मतसम्भारका काम समावेश छन्। त्यसैगरी, दिल्ली र आसपासका राष्ट्रिय राजधानी क्षेत्रका जिल्लामा बीएस–३ मापदण्डका पेट्रोल तथा बीएस–४ मापदण्डका डिजेलबाट चल्ने चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
More environment
- भोटेकोसी बाढीमा बेपत्ता साहिँलो छोरो सोध्दासोध्दै गयो ९४ वर्षीया आमाको सासNepal Khabar
- काग तिहार र धन्वन्तरी जयन्तीको अवसरमा प्रधानमन्त्री शाहको शुभकामनाDC Nepal
- पाण्डेलाई वर्षमानको प्रश्न– श्रीमतीको मुद्दा सर्वोच्चमा छ, न्यायाधीश भएपछि स्वार्थको द्वन्द्व कसरी व्यवस्थापन गर्नुहुन्छ?Setopati
- वायु प्रदूषण बढेपछि दिल्ली-एनसीआरमा कडा प्रतिबन्ध, धुलो उडाउने काम गर्न नपाइनेBizmandu
- India news: Vehicles major cause of Delhi pollution, top court saysDW
- ‘जलवायु वित्तमा ऋणको बोझ होइन, नेपालको अर्थतन्त्रलाई अनुदानको भर चाहिन्छ’Bizmandu