Skip to main content
वातावरणSetopati2 outlets covering

पाण्डेलाई वर्षमानको प्रश्न– श्रीमतीको मुद्दा सर्वोच्चमा छ, न्यायाधीश भएपछि स्वार्थको द्वन्द्व कसरी व्यवस्थापन गर्नुहुन्छ?

Read the full story at Setopati

पाण्डेलाई वर्षमानको प्रश्न– श्रीमतीको मुद्दा सर्वोच्चमा छ, न्यायाधीश भएपछि स्वार्थको द्वन्द्व कसरी व्यवस्थापन गर्नुहुन्छ?

सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित जनक पाण्डेको न्यायिक निष्पक्षता र विगतका फैसलामाथि संसदीय सुनुवाइ समितिमा प्रश्न उठेको छ। शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले पाण्डेकी श्रीमतीसँग सम्बन्धित मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले स्वार्थको द्वन्द्व हुन सक्ने भन्दै त्यसबारे स्पष्ट जवाफ माग गरेका हुन्। पुनले पाण्डेकी श्रीमतीसँग सम्बन्धित सरकारी जग्गा कब्जा तथा भ्रष्टाचारसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गरे।

आफ्नै श्रीमतीसँग सम्बन्धित मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा न्यायाधीश नियुक्त भएमा स्वार्थको द्वन्द्व कसरी व्यवस्थापन गर्नुहुन्छ भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ पाण्डेले दिनुपर्ने पुनले बताए। ‘प्रस्तावित न्यायाधीशकी श्रीमतीसँग सम्बन्धित सरकारी जग्गा कब्जा तथा भ्रष्टाचारसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा स्वार्थको द्वन्द्व उत्पन्न हुने सम्भावना कसरी रोक्नुहुन्छ ? यस्तो अवस्थामा निष्पक्षता र न्यायिक मर्यादा कायम गर्न के गर्नुहुन्छ ?’ पुनले प्रश्न गरे।

विशेषगरी पुनर्बिमा (रिइन्स्योरेन्स) सम्बन्धी मुद्दामा पाण्डेसहित दुई न्यायाधीशको इजलासले गरेको फैसला सर्वोच्च अदालतबाट बदर भएको विषयमा पुनले समितिको ध्यानाकर्षण गराए।