अबका निर्वाचन एमालेका लागि महत्त्वपूर्ण छन्, गम्भीर भएर लागौं : ओली
Read the full story at Onlinekhabar (Nepali)

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी स्थानीय तह, प्रदेश सभा, राष्ट्रिय सभा तथा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई रणनीतिक महत्त्वका साथ लिन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचन केवल स्थानीय सरकार गठनमा मात्र सीमित नभई राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता तयार गर्ने प्रक्रियासँग जोडिएको बताए।
स्थानीय तहका प्रमुख र उपप्रमुखहरू राष्ट्रिय सभाका मतदाता हुने भएकाले यसको परिणाम महत्त्वपूर्ण हुने उनको भनाइ छ। त्यस्तै, प्रदेश सभा निर्वाचनले प्रदेश सरकार गठन र विकास निर्माणका साथै राष्ट्रिय सभा र राष्ट्रपति निर्वाचनका लागि मतभार तय गर्ने उनले उल्लेख गरे।
कार्यकर्ताबीचको एकताको अभावमा विगतमा धक्का व्यहोर्नुपरेको भन्दै उनले संगठन निर्माणमा गम्भीर भएर लाग्न र भ्रष्टाचार रोक्न तथा जनताको सेवामा केन्द्रित हुन निर्देशन दिएका छन्।
In English
Upcoming elections are important for UML, let's get serious: Oli
CPN (UML) Chairman and former Prime Minister KP Sharma Oli has directed party cadres to take the upcoming local level, provincial assembly, national assembly, and presidential and vice-presidential elections with strategic importance. Addressing the Bagmati Province Committee meeting, he stated that the local level election is not limited to the formation of local governments but is linked to the process of preparing voters for the National Assembly election. He said that since the chiefs and deputy chiefs of the local levels are voters for the National Assembly, the results are significant. Similarly, he mentioned that the provincial assembly election determines the formation of the provincial government and development works, as well as the vote weight for the National Assembly and presidential elections. Stating that the party had to suffer setbacks in the past due to a lack of unity among cadres, he has directed them to work seriously on organizational building, stop corruption, and focus on serving the people.
Machine translation — the original above is the story as filed.
More politics
- Parties yet to announce Rajamahendravaram Mayor candidateThe Hindu
- रास्वपा सभापति लामिछाने दम्पतीले जनकपुरधाममा मनाए खरनाThaha Khabar
- रुसको अन्तरिक्ष अभियानमा निजी क्षेत्रको फड्को, दुई उपग्रह प्रक्षेपणRatopati
- Appointment orders issued for Principals of Government First Grade CollegesThe Hindu
- अन्तिम ओभरमा राम्रो गर्न सकेनौँ, ओस र फिल्डिङले पनि असर गर्यो : असलंकाRatopati
- चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रहRatopati