समाजNagarik News
ठुलो आवाज निकाल्ने ५२ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा
Read the full story at Nagarik News

काठमाडौंका विभिन्न स्थानबाट ठुलो आवाज निकाल्ने स्वरूप परिवर्तन गरिएका ५२ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। चाडपर्वका समयमा सर्वसाधारणलाई सुरक्षित र शान्त वातावरणमा आवतजावत गर्ने व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले चेकजाँच तथा निगरानी बढाएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतका प्रहरी वृत्त र प्रभागबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठुलो आवाज निकाल्ने ५२ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका मोटरसाइकलमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
More society
- कृष्णपुर-१ निगालीमा किन छैन तिहारको उल्लासNepal Khabar
- लमजुङमा कार्यरत प्रहरी सहायक हबलदार मकवानपुरमा मृत भेटिएNepal Khabar
- ट्रम्पले एनभिडिया प्रमुख हुआङलाई सोधे- तपाईंले प्रेम गर्ने महिला जासुस हुन् भन्ने थाहा थिएन?Nepal Khabar
- नेपाल सम्वत् सबै नेपालीको साझा राष्ट्रिय सम्पदा हो: सभामुख अर्यालNepal Khabar
- Malaysian court clears final hurdle for former PM Najib Razak's transfer to house arrestThe Hindu
- उज्यालोको पर्वमा आगलागी जोखिमOnlinekhabar (Nepali)