कृष्णपुर-१ निगालीमा किन छैन तिहारको उल्लास
Read the full story at Nepal Khabar

'खान लाउन पनि पुग्दैन। न जागिर छ न लेबरको काम पाइन्छ। तिहारपछि म पनि भारत जान्छु', स्थानीय चन्द्रा सुनारले नेपालखबरसँग दुखेसो पोखिन्। आम्दानीको भरपर्दो स्रोत नहुँदा परिवार पाल्नै धौधौ छ उनलाई। अरूका घरमा तिहार रमझम भइरहँदा चन्द्रालाई भने गुजारा कसरी गर्ने भन्ने चिन्ताले सताइरहेको छ। 'बच्चाहररु नयाँ लुगा भनिरहेका छन्, आफूलाई यहाँ बिहान-बेलुकाको छाक टार्नै मुस्किल छ। कसरी नयाँ कपडा किन्ने', उनी भन्छिन्, 'कसरी तिहार मनाउने?' तीमध्ये जेठा छोरा पुष्कर रोजगारीका लागि भारतको मुम्बईमा छन्। कान्छा अजय पनि भारतमै काम गर्थे।
अहिले भने काम छुटेर दिदीको घरमा छन्। 'एक/दुई कट्ठा मात्रै जमिन छ। त्यसले खान लाउन पुग्दैन। त्यसैले यहाँका धेरै मानिस घरमा ताला लगाएर पेट पाल्न भारत हानिएका छन्', रत्नाले सुनाइन्, 'छोराहरू काम गर्दै पालिएका छन्। म कहिले कुनै छोरी, कहिले कुनै छोरीमा बस्छु। ' निगालीमा केही मात्रै काठका कच्ची घर छन्। बाँकी सबै इँटाले बनेका पक्की घर छन्। तर तीमध्ये कतिपय घरमा मान्छे छैनन्।
घरको ढोकामा ताला लागेका छन्। 'सकी नसकी गाउँ डुल्छु। मागेका कुराले बिहान-बेलुका खानलाई हुन्छ', उनले भनिन्, 'भत्ताको पैसाले सजिलो हुन्थ्यो। तिहारअघि यसपालि त पाइएको छैन। ' निगालीकै पुष्पा सुनार पनि गुजाराकै संघर्षमा छिन्। उनका चार छोरा छन्। तीमध्ये जेठा छोरा सागर भारत गएको एक वर्ष भइसकेको छ।
More society
- आज गोरु तिहार: बली, हलि र गोरुको पूजा गरिँदैNepal Khabar
- नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदैNepal Khabar
- तिहारको मैनबत्तीबाट आगो सल्कियो, ग्यास सिलिन्डरसमेत विस्फोट हुँदा घर जलेर नष्टNepal Khabar
- लमजुङमा कार्यरत प्रहरी सहायक हबलदार मकवानपुरमा मृत भेटिएNepal Khabar
- ट्रम्पले एनभिडिया प्रमुख हुआङलाई सोधे- तपाईंले प्रेम गर्ने महिला जासुस हुन् भन्ने थाहा थिएन?Nepal Khabar
- Students turn their school’s flower farm into a Tihar businessKathmandu Post