उज्यालोको पर्वमा आगलागी जोखिम
Read the full story at Onlinekhabar (Nepali)

तिहार उज्यालो पर्वका रूपमा मनाउनु स्वाभाविक हो । तर त्यो उज्यालोले कसैको घर, पसल, व्यवसाय, परिवार र जीवन नै अँध्यारोमा पुर्याउने अवस्था आउन दिनु हुँदैन । अब हामीले चाडपर्वमा आगलागी भएपछि कसरी निभाउने भन्ने विषयमात्र होइन, आगो नै लाग्न नदिने उपायमा बढी ध्यान दिनुपर्ने समय आएको छ । दसैं र तिहार नेपाली समाजका सबैभन्दा उल्लासपूर्ण, सांस्कृतिक र धार्मिक महत्त्व बोकेका चाडपर्व हुन् ।
विशेषगरी तिहारलाई दीपावली अर्थात् उज्यालोको पर्वका रूपमा लिइन्छ । घर, पसल, कार्यालय र सार्वजनिक स्थानमा दीप प्रज्ज्वलन गर्ने, दियो बाल्ने, मैनबत्ती राख्ने र विभिन्न प्रकारका विद्युतीय झिलिमिली बत्तीले सजाउने हाम्रो सुन्दर परम्परा छ । तर, यही सुन्दर परम्पराको अर्को पक्ष पनि छ, जसलाई हामीले पर्याप्त गम्भीरतापूर्वक लिएका छैनौं । त्यो हो– आगलागीे जोखिम ।
हरेक वर्ष तिहारको समयमा, विशेषगरी लक्ष्मीपूजाको दिन, विभिन्न स्थानमा आगलागीका घटना हुने गरेका छन् । धार्मिक आस्था, सांस्कृतिक परम्परा र आधुनिक जीवनशैलीसँग जोडिएका दियो, धूप, दीप, मैनबत्ती, विद्युतीय सजावट तथा अन्य प्रज्ज्वलन साधन पर्याप्त सावधानीविना प्रयोग गर्दा सामान्य कारण पनि ठूलो दुर्घटनाको रूप लिन सक्छ । तिहारलाई उज्यालो पर्वका रूपमा मनाउने हाम्रो चाहना स्वाभाविक हो ।
More society
- कृष्णपुर-१ निगालीमा किन छैन तिहारको उल्लासNepal Khabar
- लमजुङमा कार्यरत प्रहरी सहायक हबलदार मकवानपुरमा मृत भेटिएNepal Khabar
- ट्रम्पले एनभिडिया प्रमुख हुआङलाई सोधे- तपाईंले प्रेम गर्ने महिला जासुस हुन् भन्ने थाहा थिएन?Nepal Khabar
- नेपाल सम्वत् सबै नेपालीको साझा राष्ट्रिय सम्पदा हो: सभामुख अर्यालNepal Khabar
- ठुलो आवाज निकाल्ने ५२ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमाNagarik News
- Malaysian court clears final hurdle for former PM Najib Razak's transfer to house arrestThe Hindu