Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

शशांक कोइराला भन्छन्– पार्टी एकताबाट मात्रै लोकतन्त्रको रक्षा सम्भव छ

Read the full story at Onlinekhabar (Nepali)

शशांक कोइराला भन्छन्– पार्टी एकताबाट मात्रै लोकतन्त्रको रक्षा सम्भव छ

आफ्नो प्रमुख ध्येय कांग्रेसलाई एकताबद्ध बनाउनु नै रहेको उनले बताए । त्यसका लागि सबै नेता तथा कार्यकर्ताले आ–आफ्नो ठाउँबाट इमानदार प्रयास गर्नुपर्नेमा उनले जोड दिए । २८ कात्तिक, चरिकोट । कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको समूहका १५ औँ नियमित महाधिवेशन तयारी समितिका संयोजक डा.

शशांक कोइरालाले पार्टी एकताबाट मात्रै लोकतन्त्रको रक्षा सम्भव भएको बताएका छन् । शनिबार देउवा पक्षको दोलखा जिल्ला अधिवेशन उद्घाटन गर्दै कोइरालाले कांग्रेसको एकताबाट मात्रै देशको समुन्नति, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षा सम्भव हुने बताएका हुन् । आफ्नो प्रमुख ध्येय कांग्रेसलाई एकताबद्ध बनाउनु नै रहेको उनले बताए । त्यसका लागि सबै नेता तथा कार्यकर्ताले आ–आफ्नो ठाउँबाट इमानदार प्रयास गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा नेता एनपी साउदले पार्टीका मूल्य, मान्यता र आदर्शलाई संरक्षण गर्दै वर्तमान आन्तरिक अन्तरद्वन्द्वको राजनीतिक रूपमा व्यवस्थापन र समाधान गर्नुपर्ने बताइ । वैधानिकताको विषयमा आफूहरूले न्याय पाउने उनले विश्वास व्यक्त गरे । अर्का नेता मोहनबहादुर बस्नेतले गगन थापाले विधिसम्मत प्रक्रियाभन्दा बाहिर गएर अरूको उक्साहटमा पार्टी कब्जा गर्ने प्रयास गरेको आरोप लगाए ।

In English

Shashank Koirala says: Protection of democracy is possible only through party unity

He stated that his main goal is to keep the Congress united. He emphasized that all leaders and workers must make honest efforts from their respective positions. November 13, Charikot. Dr. Shashank Koirala, coordinator of the 15th regular general convention preparation committee of the Sher Bahadur Deuba-led faction of the Congress, has said that the protection of democracy is possible only through party unity. While inaugurating the Dolakha district convention of the Deuba faction on Saturday, Koirala said that the country's prosperity, democracy, and national self-respect can only be protected through the unity of the Congress. He stated that his main goal is to keep the Congress united. He emphasized that all leaders and workers must make honest efforts from their respective positions. At the program, leader NP Saud said that while preserving the party's values, norms, and ideals, the current internal conflict must be managed and resolved politically. He expressed confidence that they would receive justice regarding the issue of legitimacy.

Machine translation — the original above is the story as filed.