Skip to main content
राजनीतिNepal Khabar

दिल्लीमा प्रधानमन्त्री शाहलाई राष्ट्रपतिको ‘स्टेट डिनर’, मोदीको रात्रिभोज

Read the full story at Nepal Khabar

दिल्लीमा प्रधानमन्त्री शाहलाई राष्ट्रपतिको ‘स्टेट डिनर’, मोदीको रात्रिभोज

आन्तरिक राजनीतिक झमेलामा सरकार परेन भने प्रधानमन्त्री वालेन्द्र शाह आफ्नो पहिलो औपचारिक भारत भ्रमणका क्रममा दुई हप्तापछि राजधानी नयाँ दिल्लीमा हुनेछन्। तर यो भ्रमण नै टार्ने गरी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र चलिरहेको खेलमा विपक्षी दलहरूको पनि समर्थनका बिच संशय अझै रहिरहेको छ।

बिहीबार प्रधानमन्त्री शाहसँग आधा घण्टाभन्दा कम समयको भेटमा भारतका विदेश सचिव विक्रम मिस्रीले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्दै आसन्न भ्रमण, आर्थिक सहयोग, द्विपक्षीय सम्पर्क विस्तार र साझा चासोका विषयमा छलफल गरे। तर प्रधानमन्त्री शाहको भारत भ्रमण तयारीका लागि काठमाडौँ आएका मिस्री नेपाल भ्रमण सकेर दिल्ली ओर्लन नभ्याउँदै भ्रमण सकेसम्म नगराउन खोज्ने शक्तिहरू काठमाडौँमा सक्रिय भएको आशंका गरिएको छ।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा काठमाडौँ आएका मिस्री फर्कँदा नफर्कँदै नेपालमा विकसित घटनाक्रमले कतै प्रधानमन्त्री शाहको भारत भ्रमण नै प्रभावित हुने त होइन भन्ने शंका उत्पन्न भएको सत्तारूढ रास्वपाकै सांसदहरूले बताउन थालेका छन्। पछिल्ला दुई दिनका घटना बाहिर देखिएभन्दा गम्भीर रहेको आशंका उनीहरूले गरेका छन्।