Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

अतिक्रमित सरकारी जग्गा खाली गराउन गौशालाका मेयरले लेखे प्रधानमन्त्रीलाई पत्र

Read the full story at Onlinekhabar (Nepali)

अतिक्रमित सरकारी जग्गा खाली गराउन गौशालाका मेयरले लेखे प्रधानमन्त्रीलाई पत्र

महोत्तरीको गौशाला नगरपालिकाका प्रमुख डा. दिपेन्द्र महतोले गौशाला बजारस्थित अतिक्रमित सरकारी जग्गा खाली गराउन आवश्यक सुरक्षा प्रबन्ध मिलाइदिन प्रधानमन्त्री बालेन शाहलाई पत्र लेखेका छन्। नगरप्रमुख महतोका अनुसार कित्ता नम्बर ११५ मा रहेको पाँच बिघा तीन कठ्ठा आठ धुर जग्गामा ४२ वटा घर निर्माण गरी अतिक्रमण गरिएको छ।

नगरपालिकाले पटक-पटक सूचना जारी गरे पनि जग्गा खाली नभएपछि र अदालतबाट समेत अतिक्रमणकारीको पक्षमा परेका रिट खारेज भइसकेपछि सुरक्षा सहयोगका लागि प्रधानमन्त्रीलाई गुहार्नुपरेको हो। नगरपालिकाले उक्त जग्गामा बाल उद्यान र हाटबजार निर्माण गर्ने योजना बनाएको छ। नगरप्रमुख महतोले सुरक्षा व्यवस्था उपलब्ध भएको २४ घण्टाभित्र जग्गा खाली हुने दाबी गर्दै प्रधानमन्त्रीबाट आवश्यक निर्देशन हुने विश्वास व्यक्त गरेका छन्।

यसअघि स्थानीयले संघर्ष समिति गठन गरी विरोध प्रदर्शनसमेत गरेका थिए।