Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

नयाँ बजेटको पहिलो ३ महिना : सुध्रियो प्राप्ति, खर्चमा पुरानै नियति

Read the full story at Onlinekhabar (Nepali)

नयाँ बजेटको पहिलो ३ महिना : सुध्रियो प्राप्ति, खर्चमा पुरानै नियति

पहिलो त्रैमासिक अवधिमा सरकारले राजस्व संकलन गत आव सोही अवधिको तुलनामा उल्लेख्य बढाउन सफल देखिन्छ । तर, खर्चमा पुरानै प्रवृत्ति हाबी भयो । भएको खर्चमा पनि पूँजीगतभन्दा बढी चालु र ऋण भुक्तानी सेवामा अधिक खर्च भएको छ । १९ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ पहिलो तीन महिना (साउन-असोज) को बजेट कार्यान्वयनमा मिश्रित नतिजा देखिएको छ । अर्थ मन्त्रालयका अनुसार पहिलो त्रैमासिक अवधिमा सरकारले राजस्व संकलन गत आव सोही अवधिको तुलनामा उल्लेख्य बढाउन सफल देखिन्छ ।

तर, खर्चमा पुरानै प्रवृत्ति हाबी भयो । भएको खर्चमा पनि पूँजीगतभन्दा बढी चालु र ऋण भुक्तानी सेवामा अधिक खर्च भएको छ । यस वर्ष सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड बराबर बजेट कार्यान्वयन गरिरहेको छ । यसमध्ये असोज मसान्तसम्म ४ खर्ब १९ करोड खर्च भएको छ । जुन वार्षिक लक्ष्यको १८.८५ प्रतिशत हो । गत आव २०८२/८३ सँगको तुलना गर्दा भने संघीय बजेट खर्चमा ०.३० प्रतिशतमात्र वृद्धि भएको छ ।

प्रथम त्रैमासिक खर्च प्रतिशत चालु र गत आव बराबर भएको छ । जसले गर्दा यस वर्ष पनि सरकारले बजेट खर्चको पुरानै प्रवृत्ति दोहोर्‍याएको पुष्टि हुन्छ । यद्यपि, विकास खर्चको गति गत आवको सोही अवधिको तुलनामा केही बढेको छ । मन्त्रालयका अनुसार चालु आव असोज मसान्तसम्म २९ अर्ब ७४ करोड बराबर पूँजीगत खर्च भएको छ । गत वर्ष यो रकम १८ अर्ब ८० करोडमात्र थियो ।