कांग्रेस महामन्त्री राणाको चुनौती- सरकारले जसलाई अनुसन्धान गर्न चाहन्छ गरोस्, हामी डराउँदैनौं
Read the full story at Nagarik News

नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले वर्तमान सरकारले मिडिया, अदालत र कर्मचारीतन्त्रलाई तर्साउन खोजेको भन्दै कांग्रेस कसैसँग नडराउने बताएका छन्। बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फन्ट्रलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै महामन्त्री राणाले सरकारलाई कांग्रेस सभापतिसहित जोसुकैमाथि अनुसन्धान गर्न चुनौती दिए। पछिल्लो समय बिचौलिया भनिएका इमान सापकोटा र कांग्रेस सभापति गगन थापालाई जोडेर बाहिरिएको १८ करोडको अडियो प्रकरणलाई उनले ‘मिडिया प्रोपोगान्डा’ भने।
पार्टी सभापति थापाले सापकोटालाई कहिल्यै नभेटेको दाबी गर्दै राणाले ती बिचौलियाको प्रधानमन्त्री र उनका प्रमुख सल्लाहकार कुमार बेनसँग निकट सम्बन्ध रहेको जिकिर गरे। महामन्त्री राणाले सरकारले राज्य संयन्त्रलाई त्रसित बनाएको आरोप लगाए। ‘बिहान उठ्ने बित्तिकै व्यापारी, पत्रकार र कर्मचारीलाई तर्साउने र थुन्ने काम भइरहेको छ,’ उनले भने, ‘अहिले न्यायाधीशहरूलाई थुरथुर पारिएको छ, अख्तियार प्रमुखलाई ल्याएर सिंहदरबारमा थुनेर छुट्टै जेल बनाइएको छ।
’ देश प्रधानमन्त्री वा कर्मचारीले नभई भूमिगत गिरोहले चलाइरहेको उनको दाबी छ। मन्त्रालयका सचिवहरूले गर्नुपर्ने काम प्रधानमन्त्री कार्यालयका सल्लाहकारहरूले गरेर राज्यको मेसिनरीलाई नै ‘प्यारालाइज’ गरेको उनले बताए।
More politics
- फिर्ता भयो त्रिविको सात सय रोपनी जग्गाNepal Khabar
- कांग्रेसले सरकारलाई भन्यो- भय र भ्रमको शासन बन्द गरNepal Khabar
- फैसला कार्यान्वयनमा निरीह राज्य- ३१ अर्ब जरिवाना र १ लाख ८ हजार वर्षभन्दा बढी कैद असुल गर्न बाँकीNepal Khabar
- अमेरिकी कंग्रेसमा डेमोक्र्याट्सको कब्जा, दुवै सदनमा हार्यो ट्रम्पको पार्टीNepal Khabar
- तिहारमा विद्युत् आपूर्ति सहज बनाउन उर्जामन्त्री श्रेष्ठको निर्देशनNepal Khabar
- शिक्षामन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने अडानमा डा. केसीNepal Khabar