वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो
Read the full story at Onlinekhabar (Nepali)

२६ कात्तिक, वीरगञ्ज । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६३ प्रतिशतले घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको साउनदेखि असोजसम्ममा चामल, मकै, गहुँ, धान, माल्ट, फापर, कोदोलगायत खाद्यान्न तीन करोड १६ लाख ४० हजार किलो आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आठ करोड ७० लाख ४७ हजार किलो खाद्यान्न आयात भएको थियो ।
भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार चालु आवको पहिलो तीन महिनामा ६७ लाख ७३ हजार ६२९ किलो चामल आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९४ लाख एक हजार किलो चामल आयात भएको थियो । चामल आयातको मूल्यसमेत अघिल्लो वर्षको ८९ करोड ८१ लाख रुपैयाँबाट घटेर चालु आवमा ७० करोड रुपैयाँमा झरेको छ । धान आयातमा पनि उल्लेख्य कमी आएको छ ।
अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिकमा तीन करोड ९१ लाख किलो धान आयात भएकामा चालु आवको सोही अवधिमा ६९ लाख ३५ हजार ४६० किलो मात्रै आयात भएको छ । धान आयातको मूल्य अघिल्लो वर्ष एक अर्ब ४६ करोड २८ लाख रुपैयाँ रहेकामा चालु आवमा घटेर ३३ करोड ३५ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, मकै आयात पनि घटेको छ ।
More business
- कर छुट सुविधाले पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलनNepal Khabar
- राशिफल २६ कात्तिक : कर्कटको समय भौतिक साधन जुटाउने, धनुलाई जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता, तपाईँको के?Nepal Khabar
- जेन्सेन हुआङको महिला कर्मचारीसँग पनि सम्बन्ध, एनभिडियाको सीईओबाट हटाउने तयारीOnlinekhabar (Nepali)
- Nvidia shares plunge amid reports board to discuss CEO Huang’s futureAl Jazeera
- सोनमाका ७७ कर्मचारीलाई साइकलOnlinekhabar (Nepali)
- घरको पर्खाल बनाउँदा ढुंगाभित्र भेटियो २४ करोड वर्ष पुरानो जीव, त्यो देख्ने बालक नै पछि बने वैज्ञानिकSetopati