Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

जेन्सेन हुआङको महिला कर्मचारीसँग पनि सम्बन्ध, एनभिडियाको सीईओबाट हटाउने तयारी

Read the full story at Onlinekhabar (Nepali)

जेन्सेन हुआङको महिला कर्मचारीसँग पनि सम्बन्ध, एनभिडियाको सीईओबाट हटाउने तयारी

२६ कात्तिक, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो चिप निर्माता कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङको दोस्रो अफेयर बारे पनि खुलासा भएको छ। न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, हुआङको एनभिडियाकै एक महिला अधिकारीसँग अफेयर थियो। ती अधिकारीको पहिचान कम्पनीकी हेल्थकेयर भाइस प्रेसिडेन्ट किम्बर्ली पावेलका रूपमा गरिएको छ। उनले सिधै जेन्सेन हुआङलाई रिपोर्ट गर्थिन्।

यसअघि जेन्सेनले चिनियाँ जासुस मानिएकी एलिस हुआङसँगको अफेयरबारे स्वीकार गरिसकेका थिए। यस विवादको असर कम्पनीको सेयरमा पनि परेको छ। कम्पनीको बजार मूल्य ३०० अर्ब डलर भन्दा बढीले घटिसकेको छ। सिएनएनको रिपोर्टअनुसार, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यसै वर्षको मे महिनामा उनको चीन भ्रमणअघि नै यसबारे जानकारी दिएका थिए। ट्रम्पलाई दिइएको गुप्तचर मेमोमा हुआङको सम्बन्ध एक यस्ती महिलासँग रहेको बताइएको थियो, जसलाई अमेरिकी अधिकारीहरूले चिनियाँ जासुस मानिरहेका थिए।

यति हुँदाहुँदै पनि ट्रम्पले हुआङलाई बेइजिङ लगेका थिए। उनले अलास्काबाट राष्ट्रपतिसँग एयर फोर्स वान विमानमा यात्रासमेत गरेका थिए। यद्यपि, ह्वाइट हाउसले यो रिपोर्टलाई खारेज गरेको छ। यसैबीच, अमेरिकी सांसदहरूले जनवरीमा कंग्रेसको नयाँ सत्र सुरु भएपछि यस मामिलामा विस्तृत अनुसन्धान गरिने सङ्केत दिएका छन्।