Skip to main content
अर्थतन्त्रNepal Khabar2 outlets covering

कर छुट सुविधाले पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

Read the full story at Nepal Khabar

कर छुट सुविधाले पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले एक अर्ब ५१ करोड २७ लाख ७६ हजार राजस्व जम्मा गर्ने लक्ष्य थियो। यो अवधिमा लक्ष्यभन्दा बढी एक अर्ब ७१ करोड ५७ लाख ९८ हजार राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले जानकारी दिए। पोखरामा आयकरमा लक्ष्यभन्दा निकै राम्रो प्रगति हासिल भएको प्रमुख कर अधिकृत ढुङ्गानाले बताए। यस अवधिमा आयकरतर्फ ७९ करोड ४४ लाख ८३ हजार सङ्कलनको लक्ष्य राखिएकोमा एक अर्ब आठ करोड ८३ लाख २२ हजार जम्मा भएको उनले जानकारी दिए।

घर वहालकर र ब्याज करमा भने असुली लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत ढुङ्गानाले बताए। एक करोड ८१ लाख ९१ हजार लक्ष्य रहेको घर वहालकरमा एक करोड ३१ लाख ३८ हजार अर्थात ७२ प्रतिशत मात्रै संकलन भएको छ। त्यस्तै ब्याजकरतर्फ नौ करोड ८८ लाख ८२ हजार उठाउने लक्ष्य राखिए पनि चार करोड ८७ लाख १५ हजार अर्थात ४९ प्रतिशत मात्र संकलन भएको छ। मूल्य अभिवृद्धि करमा भने कार्यालयले असोजसम्मको लक्ष्य भेट्टाउन नसकेको प्रमुख कर अधिकृत ढुङ्गानाले जानकारी दिए।

५३ करोड ३२ लाख ९९ हजार मूअकर उठाउने लक्ष्य लिइएकोमा १५ प्रतिशत कम राजस्व संकलन भएको छ। अन्तःशुल्क र अन्य कर संकलनमा उल्लेखनीय प्रगति भएको कार्यालयले जनाएको छ। ६ करोड १७ लाख ४५ हजार लक्ष्य रहेको अन्तःशुल्कतर्फ ४३ प्रतिशत बढी अर्थात् आठ करोड ८३ लाख २२ हजार संकलन भएको छ।