घरको पर्खाल बनाउँदा ढुंगाभित्र भेटियो २४ करोड वर्ष पुरानो जीव, त्यो देख्ने बालक नै पछि बने वैज्ञानिक
Read the full story at Setopati

उनले पर्खाल बनाउन नजिकैको खानीबाट बलौटे ढुंगा ल्याएका थिए। ती ढुंगा मिलाएर पर्खाल बनाउने जिम्मा डेभिड किङ नामका कामदारले लिएका थिए। डेभिडले भर्खरै लगाइएका ढुंगामा टाँसिएको माटो सफा गर्न पानी हाले। पानीले माटो पखालिँदै जाँदा एउटा ढुंगामा अनौठो आकृति देखा पर्यो। त्यसको झन्डै २६ वर्षपछि तिनै बालक वैज्ञानिक बनेर त्यही जीवाश्मको अध्ययनमा संलग्न भए। अनि, वैज्ञानिक टोलीले त्यसलाई संसारसामु नयाँ प्रजातिका रूपमा परिचित गरायो।
यो घटना अहिले फेरि चर्चामा आएको छ। अमेरिकी पत्रिका 'पिपुल' ले मंगलबार (नोभेम्बर १०) यसबारे समाचार प्रकाशित गरेपछि पुरानो खोजले नयाँ चर्चा पाएको हो। यो अहिले लोप भइसकेको प्राचीन उभयचर जीवहरूको समूह हो। तिनको शारीरिक बनावट केही हदसम्म गोही र ठूलो सालामान्डरको मिश्रण जस्तो देखिन्थ्यो। उभयचर भनेका पानी र जमिन दुवै वातावरणसँग सम्बन्धित जीवनचक्र भएका जीव हुन्। अहिलेका भ्यागुता र सालामान्डर यसका परिचित उदाहरण हुन्।
संयोगले क्यानडाका जीवाश्म वैज्ञानिक स्टिफन गडफ्रे एउटा अन्तर्राष्ट्रिय डाइनोसर प्रदर्शनीका लागि सिड्नीमा थिए। उनकै पहलमा यो जीवाश्म पनि 'डाइनोसर वर्ल्ड टुर' प्रदर्शनीमा राखियो। हार्टले सन् २०२३ मा अस्ट्रेलियन म्युजियमको वेबसाइटमा लेखेका छन्, 'मैले १२ वर्षको हुँदा पहिलो पटक त्यो जीवाश्म देखेको थिएँ। यसले मलाई असाध्यै प्रेरित गरेको थियो।
More business
- कर छुट सुविधाले पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलनNepal Khabar
- राशिफल २६ कात्तिक : कर्कटको समय भौतिक साधन जुटाउने, धनुलाई जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता, तपाईँको के?Nepal Khabar
- जेन्सेन हुआङको महिला कर्मचारीसँग पनि सम्बन्ध, एनभिडियाको सीईओबाट हटाउने तयारीOnlinekhabar (Nepali)
- Nvidia shares plunge amid reports board to discuss CEO Huang’s futureAl Jazeera
- सोनमाका ७७ कर्मचारीलाई साइकलOnlinekhabar (Nepali)
- वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्योOnlinekhabar (Nepali)