मधेशले मालिक खोजेको होईन सेवक खोजेको हो : रवि लामिछाने
Read the full story at Nagarik News

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई जनताको अपेक्षाअनुसार काम गर्न निर्देशन दिएका छन् । छठ पर्वको अवसरमा जनकपुरधाममा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति लामिछानेले आफ्ना सांसदहरुलाई जनताको मालिक नभई सेवक बनेर काम गर्न निर्देशन दिए । सभापति लामिछाने छठ पर्व मनाउने सन्दर्भमा शनिबार जनकपुर आइपुगेका हुन् । उनले सांसदहरुको जीवनशैलीमा परिवर्तन नभई आफ्नो अमूल्य मत दिएका मतदाताहरुको जीवनशैलीमा परिवर्तन आउने गरी काम गर्न पार्टीका सांसदहरुलाई सुझाव दिए ।
जनताको अपेक्षाअनुसार काम नगरे अर्को चुनावमा यही जनताले तह लगाउन बेर नलगाउने सभापति लामिछानेले बताए । सभापति लामिछानेले चुनाव नजिकिएसंगै मधेश प्रदेशमा रास्वपाको टिकटका लागि अग्रीम उम्मेदवारी घोषणा गर्नेहरुको चर्चा हुन थालेकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । उनले कतिपय स्थानहरुबाट टिकट पक्का गराईदिने भन्दै आर्थिक लेनदेन समेत हुनथालेको भन्ने सुनेको बताए । सभापति लामिछानेले ती सबै टिकटको लोभ गरेर आफ्नो उम्मेदवारी घोषणा गर्नेहरुको सपना साकार नहुने बताए ।
उनले कसैलाई पनि टिकटको लागि पैसा लेनदेन नगर्न आग्रह गरे । कसैले टिकट दिने नाममा आर्थिक चलखेल गरेको सूचना पाए नजिकको प्रहरी चौकीमा गएर उजुरी दिन साभापति लामिछानेले आग्रह गरे ।
In English
Madhesh is looking for servants, not masters: Rabi Lamichhane
Rastriya Swatantra Party Chairman Rabi Lamichhane has instructed his lawmakers to work as servants of the people rather than their masters. Speaking at a program organized in Janakpurdham on the occasion of Chhath festival, he emphasized that they should work in a way that changes the lifestyle of the voters rather than the lifestyle of the lawmakers. Warning that the people will teach them a lesson in the next election if they do not work according to the people's expectations, he said that his attention has been drawn to rumors of financial transactions in the name of tickets in Madhesh Province. He announced that if anyone asks for money promising to secure a ticket, they should file a complaint with the police, and the party will reward those who provide such information. Additionally, honoring the martyrs who attained martyrdom in various movements, he expressed his commitment to securing the rights and entitlements that they sought for Madhesh. He stated that the dreams of those announcing their candidacy in the greed for tickets will not be fulfilled.
Machine translation — the original above is the story as filed.
More politics
- हेटौंडामा यस्तो छ छठको तयारी (तस्बिर)Nepal Khabar
- वर्तमान सरकारलाई नयाँ वर्ष देखाउन दिनु हुँदैन: महेश बस्नेतNepal Khabar
- ओलीको कटाक्ष: इनम बाबु दानबहादुरमै सिद्धियो कि अरुमा पनि काम लाग्छ?Nepal Khabar
- मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ: रवि लामिछानेNepal Khabar
- लुम्बिनीविरुद्ध विराटनगरले रोज्यो ब्याटिङNepal Khabar
- जेनजी आन्दोलन षड्यन्त्र हो, कांग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयो: देउवाNepal Khabar