Skip to main content
वातावरणRatopati

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

Read the full story at Ratopati

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

काठमाडौँ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको संरक्षण, हेरचाह तथा स्याहार योजनामा समावेश हुन परोपकारी सङ्घसंस्था तथा व्यक्तिहरूसँग आवेदन आह्वान गरेको छ । परिषद्ले सार्वजनिक रूपमा सूचना जारी गर्दै सम्बन्धित वडा कार्यालयमार्फत निवेदन पेस गर्न अनुरोध गरेको छ ।

बाढीबाट रसुवा र नुवाकोटका ५८४ जना बालबालिका प्रभावित भएका छन् । योजनामा १८ वर्षमुनिका बालबालिकालाई मात्र समावेश गरिने छ । बालबालिका स्वयं वा संरक्षक घाइते भएका कारण उचित संरक्षण पाउन नसकेका तथा बालबालिकासम्बन्धी ऐन, २०७५ बमोजिम विशेष संरक्षणको आवश्यकता भएका बालबालिका पनि योजनामा समेटिनेछन् ।

बाढीका कारण अभिभावक गुमाएका तथा परिवारबाट विस्थापित भएका बालबालिकाको संरक्षण, शिक्षा, स्वास्थ्य, मनोसामाजिक परामर्श र दीर्घकालीन पुनःस्थापना प्रमुख चुनौती बनेको परिषद्ले जनाएको छ ।