Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

लन्डनमा नेपालको पर्यटन प्रवर्द्धन

Read the full story at Onlinekhabar (Nepali)

लन्डनमा नेपालको पर्यटन प्रवर्द्धन

कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन मन्त्री पौडेलले नेपालले विश्वलाई दिने सबैभन्दा उत्कृष्ट उपहार ध्यान र योगा भएको बताए । नेपाल इभिनिङ नाम दिइएको उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री खडकराज पौडेल (गनेश) को नेतृत्वमा लन्डन आएको प्रतिनिधिमण्डल र रास्वपा सांसद मनिषा झा समेत उपस्थित थिए ।

मन्त्री पौडेल पर्यटन क्षेत्रको कुम्भमेला पनि भनिने वर्ल्ड ट्राभल मार्केट (डब्लूटीएम) २०२६ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लन्डन आएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन मन्त्री पौडेलले नेपालले विश्वलाई दिने सबैभन्दा उत्कृष्ट उपहार ध्यान र योगा भएको बताए ।

नेपाल सरकारले सन् २०२७ लाई ‘नेपाल वेलनेस वर्ष’ का रूपमा घोषणा गर्दै यो अभियान समग्र स्वास्थ्य, आध्यात्मिक उपचार र दिगो पर्यटनका लागि मुलुकलाई विश्वव्यापी केन्द्रका रूपमा स्थापित गर्ने १० वर्षे बृहत् रणनीतिको एक हिस्साका रूपमा लिएको छ । दूतावासमै गौतम बुद्धको मूर्ति उद्घाटन पछि मञ्च उत्रिएका उनले हाम्रा लागि बुद्ध केवल एक ऐतिहासिक प्रतीक मात्र नभइ उनी शान्ति, करुणा र सहअस्तित्वको सन्देश संसारभर पुरयाउने वास्तविक राजदूत भएको समेत बताए ।